अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई टेबलमा आएर आफ्ना परमाणु हतियारहरु परित्याग गर्ने विषयमा छलफल गर्न आह्वान गरेका छन ।

यसअघि निकै उत्तेजक भाषण गर्ने गरेका ट्रम्पले ईश्वरको नाम लिंदै अमेरिकी सेनाले प्योङयाङविरुद्ध सेना परिचालन गर्ने अवस्था नचाहेको बताएका छन । एसिया भ्रमणमा रहेका ट्रम्प दक्षिण कोरियामा आफ्ना समकक्षी मुन जे इनसंगै एक पत्रकार सम्मेलनमा बोल्दै यस्तो वताएका हुन ।

ट्रम्पले उत्तर कोरियाविरुद्ध भीषण आक्रमण गर्ने चेतावनी यसअघि दिइसकेका छन । उनी अहिले एसियाका पाँच देशको भ्रमणको क्रममा छन । भ्रमणमा उत्तर कोरियाको परमाणु हतियारको महत्वाकांक्षा प्रमुख मुद्दा बनेको छ ।