16 July 2024  |   मङ्लबार, साउन १, २०८१

वाम तालमेल र एकताको चर्चा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४  

अर्थतन्त्रको बृहत् सुधार र वित्तीय अनुशासन ध्वस्त हुनुुमा कम्युनिस्ट शासनलाई दोष लगाउँदै नेकपा

एमाले र माओवादी केन्द्रमाथि संस्थागत भ्रष्टाचारको आरोप

– नरेन्द्र न्यौपाने

निरंकुश जहाँनिया राणाशासनको विरुद्धका आन्दोलन अघि बढिरहेको बेला २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । माक्र्सवादी सिद्धान्तलाई आत्मसाथ गर्दै शसस्त्र क्रान्तिका माध्यामबाट वर्ग संघर्ष
सञ्चालन गरी सर्वहारा वर्गको अधिनायकत्व कायम गर्ने लक्ष्य रहेको थियो ।
जनवादी क्रान्ति गरी समाजवाद स्थापना गर्ने र अन्तिममा साम्यवादसम्म पुग्ने उद्देश्य रहेको नेपाली कम्युनिष्ट आन्दोलन नेपाली मौलिकताको क्रान्तिको बाटो समातेर अगाडि बढ्दै गर्दा थुप्रै आरोह र अवरोहहरु पैदा भए । पार्टीभित्र थुप्रै अन्तरविरोध र अन्तरसंघर्षको नाममा विभाजन र टुटफुटको दिशामा अगाडि बढ्यो । थुप्रै टुक्रामा कम्युनिष्ट पार्टीको नामाकरण गर्दै सानो –सानो समूह खडा गर्ने र नेता बन्ने प्रवृत्ति कै रुपमा स्थापित भयो ।
झण्डै ६० देखि ६५ प्रतिशत वामपन्थी जनमत रहेका
कम्युनिष्ट पार्टीहरु अलग अलग विचारधारा र संगठनमा रहँदै यहाँसम्म आईपुगे । मुलतः कम्युनिष्ट आन्दोलनभित्र दुई वटा धारा देखापर्दै आयो ।
पहिलो क्रान्तिका माध्यामबाट राज्यसत्तालाई परिवर्तन गर्नु पर्दछ भन्ने र दोस्रो संसदीय निर्वाचनका माध्यामबाट ठूलो शक्तिका रुपमा आएर कानूनमा परिवर्तन गरी अगाडि बढ्नु पर्दछ भन्ने धारा । यी फरक– फरक सोच र विचारले कम्युनिष्ट आन्दोलन केन्दिकृत दिशामा अगाडि बढ्न सकेन ।
नेपालको राजनैतिक आन्दोलनमा हावी रहेका दुई ठूला कम्युनिष्ट पार्टीहरु माओवादी केन्द्र र एमाले फरक –फरक विशेषता सहित यहाँसम्म आईपुगेका हुन् । जनयुद्धका माध्यामबाट नेपालको राजनैतिक,सामाजिक, साँस्कृतिक र आर्थिक परिवर्तन गर्नुपर्दछ भन्ने उद्देश्य सहित शसस्त्र क्रान्तिको बाटो लिएको माओवादी केन्द्रले नेपालको रानीतिक आन्दोलनमा ठूलै परिवर्तन गर्दै जनवादी क्रान्तिका आंशिक कार्यभार पूरा गराउन सफल भयो । उसले जनवादी क्रान्तिका बाँकी कार्यभारहरुलाई पुरा गर्दै समाजवादी क्रान्तिमा जाने निष्कर्ष पनि निकाल्यो । आजको परिवेश अनुसार समाजवादी क्रान्ति नेपालको आवश्यकता हो भन्ने कुरा स्थापित गराएको छ ।
अर्कोतिर संसदीय धारबाट राज्यसत्तामा परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यता सहित एमाले संसदीय निर्वाचनहरुमा भाग लिदै आयो । देशमा
संचालन भएको जनयुद्धले संसदीय धारमा रहेका सम्पूर्ण पार्टीहरुलाई परिवर्तनको नयाँ धारमा जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना ग¥यो । अतः युद्ध मोर्चामा रहेको माओवादी र संसदीय शक्तिहरुका बीचमा सहमति भयो । परिणामतः संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, गणतन्त्र स्थापित गर्दै निरंकुश राजतन्त्रात्मक व्यवस्था अन्त्य ग¥यो ।
आज सम्पूर्ण कम्युनिष्ट पार्टीहरु जनयुद्ध र जनआन्दोलनको जगबाट प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै समाजवाद स्थापना गर्ने कार्यदिशा तयार गरेर अगाडि बढिरहेका छन् । समाजवाद प्राप्तिको एउटै कार्यदिशा तयार गरेर अगाडि बढिरहेको परिवेशमा फरक– फरक कम्युनिष्ट पार्टीहरु संचालनको औचित्यता समाप्त भएको छ ।
तसर्थ, को कुन परिवेशबाट यहाँसम्म आईपुग्यो त्यो महत्वपूर्ण रहेन । अब कुन दिशामा अगाडि बढ्न खोज्दैछ त्यो महत्वपूर्ण भयो । यसैले यतिबेला एउटै सैद्धान्तिक र संगठनात्मक कार्यदिशा तय गर्दै एक कम्युनिष्ट पार्टी निमार्ण गर्ने महाअभियान यतिबेला चलिरहेको छ ।
त्यसैको लागि नेपालकै इतिहासमा पहिलो पटक हुन लागिरहेको संघिय र प्रादेशिक निर्वाचनमा वाम तालमेल गरेर निर्वाचन लड्ने संकल्प अगाडि बढेको छ ।
मंसिर १० र २१ गते दुईचरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा वामन्थी गठबन्धन संयुक्त रुपमा चुनावी मैदानमा उत्रिसकेको छ । यो तालमेलले चुनावमा को जित्ने भन्ने मात्र होइन । चुनावमा प्रदर्शन गरिने इमान्दारिता र अनुशासनले वाम एकताको भविष्यलाई निर्धारण गर्नेछ । निर्वाचनमा निहित स्वार्थ केन्द्रीत हुने संकुचित सोँच देखा प¥यो भने फेरि पनि वाम एकता संकुचनामा पुग्नेछ र कम्युनिष्ट आन्दोलनको ७ दशकको विभाजनको दुःखत पक्षको पुनरावृत्ति हुनेछ ।
वामपन्थीहरु बीचको चुनावी तालमेल र एकताको सन्दर्भले आम नेपाली जनता तथा कार्यकर्ता पंक्तिमा ठूलो उत्साह पैदा गरेको छ । यसबाट अब देशमा स्थीर सरकार निर्माण हुनेछ । वामपन्थीहरुको दुई तिहाई जनमत प्राप्त हुँदा प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुख देशले पाउने प्रणाली निर्माण हुनेछ । गरिबी, बेरोजगारी अन्त्य हुनुका साथै शिक्षा, स्वास्थ्य लगायतका मौलिक अधिकारहरु जनताले सहज ढंगले उपलब्ध हुने कानून निर्माण हुनेछन् । देश विकास र सम्वृद्धिको बाटोमा अगाडि बढ्नेछ । यति ठूलो उत्साह र उमंग जनतामा पहिलोपटक वाम तालमेल र एकताको सन्दर्भले दिएको छ । यसलाई पूर्णतामा पु¥याउन समेत देशभक्त, वामपन्थी तथा क्रान्तिकारी शक्तिको दायित्व हुनेछ ।

प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४     11:59:04 AM  |