बर्दिया, १९ कात्तिक/ आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचनकोे लागी विभिन्न दलहरुले मनोनयन दर्ता गराए सँगै बर्दियामा पनि चुनावी चहल पहल देखिन थालेको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागी उम्मेदवारी दिएका विभिन्न पाटीका उम्मेदवारीहरुले कार्यकर्ता भेटघाटलाई तिव्र बनाउदै प्रचार प्रसार सुरुवात गरेका छन ।
सोही अनुसार शनिबार नेपाली काँगे्रसले बाँसगढीमा बर्दिया क्षेत्र नम्बर १ क को क्षेत्रीय भेला गरेको छ । बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार तथा सिँचाई मन्त्री संजय कुमार गौतम, प्रदेश नम्बर १ क का प्रदेश सभाका उम्मेदवार सोदे बिष्ट, समानुपातीक उम्मेदवार भुमेश्वर थारु, जुवेदा खातुन सहितिको भेलाले बलीराम थारुको संयोजकत्वमा प्रदेश मुल प्रचार समिती लगायत विभिन्न समितिहरु गठन गरिएको नेपाली काँग्रेस बाँसगढी नगर सभापति गोबिन्द प्रसाद शर्माले जानकारी दिए । भेला क्षेत्रिय सभापति गंगाधर पौडेलको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्