बाँके, १७ कात्तिक/ गैर सहकारी संस्था महासंघ बांकेको १९ औ वार्षिक साधारण सभा बिहिबार नेपालगंजमा सम्पन्न भएको छ । सभाको गैरसहकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव दिनेश चौधरीले उदघाटन गरेका थिए । उनले गैर सरकारी संस्थाहरुले समाज विकासमा खेलेको भुमिका महत्वपुर्ण रहेको बताउदै सामाजिक रुपमा अझै गतिविधि बढाउन आवश्यक रहको बताए ।
उनले गैर सरकरी संस्थामा आवद्ध संघ सस्थाहरुको क्षमता विकासका लागि पहल थाल्ने पनि बताए । गैर सरकारी संस्था बाँकेका कार्यवाहाक अध्यक्ष सपना भट्राईको अध्यक्षतामा भएको साधारण सभामा प्रगति प्रतिवेदन संघ बाँकेका सचिव नमस्कार शाहले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष चन्द्रकला न्यौपानेले प्रस्तुत गरेकी थिइन् । सभाको बन्द सत्रले गैर सरकारी संस्था बाँकेको आर्थिक कोष बढाउन संचालन गर्ने गतिविधि लगायतका विषयमा छलफल गरेको छ ।
प्रकाशित मिति : २०७४ कात्तिक १७ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्