अछाम/ अछाममा नेपाली सेनाको गाडी मंगलबार साँझ साफेबगर-मंगलसेन सडकखन्डको तिमिल्सेनमा पल्टँदा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बाजुराबाट साफेबगर हुँदै मंगलसेन जाँदै गरेको लु१ग २७८ नम्बरको सेनाको ट्रक मंगलबार साँझ ७ बजेतिर तिमिल्सेनको ओरालोमा पल्टिएको हो ।
गुड्दै गरेका बेला ट्रकको ‘ब्रेकफेल’ हुँदा चालकले ट्रक सडक किनारामा पल्टाएको बुझिएको छ ।
घाइतेको प्रहरीले उद्धार गरेर उपचारका लागि बयलपाटा अस्पतालमा पुर्याएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।
प्रकाशित मिति : २०७४ मंसिर १३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्