24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

अफगानिस्तानमा सुरक्षा कारबाहीमा ९५ जनाको मृत्यू

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४  

काबुल, कात्तिक १०/   अफगानिस्तानमा पछिल्लोपटक भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५ जना लडाकू मारिएका छन् ।

देशभरी विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीका क्रममा ९५ जना जडाकू मारिएको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।

घटनामा परी अन्य आठजना घाइते भएका छन् भने ११ जना सुरक्षाकर्मीको नियन्त्रणमा रहेका छन् ।

गत २४ घन्टामा सुरक्षाकर्मीले आतंकबादीबाट केही विस्फोटक पदार्थ र हातहतियारसमेत नियन्त्रणमा लिएर नष्ट गरेको जनाइएको छ ।

अफगानिस्तानमा तालिबान नेतृत्वको हिंसा लामो समयदेखि जारी रहेकोले सरकारी सुरक्षा निकायले उनीहरु विरुद्धको सुरक्षा कारबाही पनि तीव्र पारेको जनाइएको छ । (रासस

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४     3:35:16 PM  |