भारतीय प्रधानमन्त्री मोदिको कार्यालयमा आगलागी



नयाँ दिल्ली, असोज ३१ । भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी भएको छ । मंगलबार बिहान स्थानीय समयअनुसार ३ः३५ बजे आगो लागेको हो ।

सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री कार्यालयको २४२ नम्बरको कोठामा रहेको एउटा एसी मेसिनबाट आगो सल्किएको हो । तत्कालै १० वटा दमकल परिचालन गरेर २० मिनेटभित्रै आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७४ असोज ३१ गते मंगलबार