काठमाडौं–वामपन्थी गठबन्धनको संयोजन समितिको बैठक ललितपुरको होटल समिटमा आज बस्ने भएको छ । 

बैठकले चुनाबी तालमेलको सिट बाँडफाडको टुङगो लगाउने समितिका सदस्य सुरेन्द्र पाण्डेले बताए । माओवादी र एमालेबीच चुनावी तालमेल हुँदै पार्टी एकताको लागि संयोजन समिति बनाइएको छ ।
समितिको तत्कालको काम यहि मंसिर १० र २१ गते हुने प्रदेश सभा र संघमा कसले कति सिट पाउने र कहाँ कहाँबाट कुन कुन नेता लड्ने भन्ने विषयमा टुङ्याउने जिम्मा छ । एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट लिने प्रारम्भिक सहमति भएको थियो । तर अहिले आएर सिटसंख्याको भागबण्डामा सहमति जुटाउन सकस भएको समितिका एक सदस्यले बताए ।
प्रकाशित मिति : २०७४ असोज २५ गते बुधबार









प्रतिक्रिया दिनुहोस्