19 September 2021  |   आइतवार, अशोज ३, २०७८

लागूऔषध चरेशसहित युवक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४  

२५ असोज, कञ्चनपुर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागूऔषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले बेदकोट नगरपालिका–९ लालपुरदेखि बागफाँटातर्फ गइरहेका दार्चुला ग्वानी–६ का कृष्ण डाँगालाई चरेशसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चरेश र अभियुक्त जिल्ला प्रहरीमा राखेर कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४     10:41:32 AM  |