26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

उपप्रधान तथा गृह मन्त्रालय पाए राप्रपा सरकारमा सहभागी हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४  

काठमाडौं, असोज २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज पार्टी कार्यालय धुम्बराहिमा बसेको बैंठकमा उपयुक्त मन्त्रालय पाए सरकारमा जाने निर्णय गरेको हो ।

बैंठकमा पार्टी अध्यक्ष कमल थापाले उपप्रधान तथा गृह मन्त्रालय पाए सरकारमा सहभागी हुनुपर्ने धारणा नेताहरुले राखेका थिए ।

बैंठक पछि प्रवक्ता भुवन पाठकले सरकारमा जाने बिषयमा गम्भीर छलफल भएको र सवै नेताहरुको सहमतिबाट राप्रपा सरकारमा जाने निर्णयमा पुगेको बताए ।

त्यसै गरी बैंठकले नेपाली कांग्रेस र अन्य प्रजातान्त्रिक पार्टीसंग चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

बैंठकले केन्द्र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिचालनको लागि केन्द्रमा अध्यक्ष थापा र जिल्लामा जिल्ला अध्यक्षको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मितिः सोमवार, अशोज २३, २०७४     1:52:10 PM  |