22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

  स्थानीय चुनाव हार्नेले कांग्रेसमा टिकट नपाउने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

२० असोज, काठमाडौं । कांग्रेसले स्थानीय चुनावमा पराजित भएकाहरुलाई प्रदेश र प्रतिनिधिसभा चुनावको टिकट नदिने भएको छ । साथै, यसअघि समानुपातिकमा सांसद भएकाहरुलाई फेरि समानुपातिकको बन्दसूचीमा राखिने छैन ।

स्थानीय तहमा पराजित भएका धेरै नेताले प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार हुन आवेदन दिएका छन् । र, उनीहरुको नाम केन्द्रसम्म सिफारिस पनि भएको छ । साथै, अहिले समानुपातिकमा बसेकाहरुले फेरि समानुपातिकमै बस्ने इच्छा पनि देखाएका छन् ।केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री शशांक कोइरालाले पेश गरेको उम्मेदवार छनोटको मापदण्डमा ती विषय उल्लेख छन् ।

महामन्त्रीको प्रस्तावअनुसार निर्णय भएमा समानुपातिक सांसद कि प्रत्यक्षमा चुनाव लड्नुपर्छ नभए सांसद हुन पाउने छैनन् । साथै, स्थानीय तहमा हारेकाहरुका लागि प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने बाटो औपचारिक रुपमै बन्द हुनेछ ।

बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले पार्टी आक्रामक रुपमा चुनावमा होमिनु पर्नेमा जोड दिए । उनले भने, ‘जिम्मेवार नेताहरु चुनावमा होमिनुपर्छ, कोही पनि चुनावी मैदानबाट भाग्नु हुँदैन ।’

कांग्रेसले २५ असोजसम्ममा उम्मेदवार छनोट गरिसक्ने बताएको छ । onlinekhabar

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     2:30:23 PM  |