कैलाली, असोज १८– माग अनुसारको आपुर्ती हुन नसकेपछि सुदुरपश्चिममा पेट्रोलको चरम अभाव भएको छ ।
दसैँको तीन दिनअघिदेिख नै पेट्रोल पाउन छोडेपछि उपभोक्ताहरु मर्कामा परेका छन । बजारमा डिजलको अभाव नभए पनि पेट्रोलको चरम अभाव हुँदा चाडपर्वका बेला सर्वसाधरणहरुले निकै सास्ती खेप्नुपरेको छ ।
नियमित रुपमा भारतले उपलब्ध गराउँदै आएको पेट्रोल दसैँसँगै रोकिएपछि कैलालीसहित सुदूरपश्चिम क्षेत्रमा अभाव भएको हो । यसले गर्दा चाडपर्व मनाउनेहरुसहित बिरामी र अत्यावश्यक कामले हिँडेकाहरु बीचबाटोमै अलपत्र पर्ने गरेका छन । नेपाल आयल निगम धनगढीले आवश्यकता अनुसार मौज्दात क्षमता नभएका कारण पेट्रोलको अभाव श्रृजना भएको जनाएको छ ।
धनगढी र अत्तरियाका पेट्रोल पम्पहरुमा एक सातादेखि तेल छैन भने केही पसलहरुमा कालोबजारी गरिरहेको उपभोक्ताहरुले वताएका छन । तेल अभावसँगै यसको कालोबजारी पनि सुरु भएको हो । मौज्दातको भण्डारण क्षमता कम हुँदा पेट्रोलको अभाव भईरहेको कुरा राम्रोसँग थाहा पाएका यहाँका उपभोक्ताहरुले नयाँ डिपो स्थापनाको काम रोकेको भन्दै आयल निगमप्रति कडा आपत्ती समेत जनाएका छन ।
धनगढीमा दसैँअघिदेखि नै पेट्रोलको अभाव भइरहेको छ । पेट्रोलको अभाव भएपछि कतिपयले आफ्ना सवारी साधनहरु घरमै धन्काएर पैदल हिड्नुपरेको छ भने कतिपयले बिचबाटोमै पेट्रोल सकिएपछि मोटरसाइकल डोर्याउँदै हिँडेन बाध्य छन् । नेपाल आयल निमय क्षेत्रीय कार्यालय धनगढीले पनि भण्डारण क्षमता कम भएकै कारण पेट्रोलको अभाव भएको जनाएको छ ।
आयल निगमले दसैँका लागि ७० हजार लिटर पेट्रोल मौज्दात राखे पनि चाडबाडका कारण माग अनुसारको आपुर्ती नभएको हो । आयल निगमसँग ७० हजार लिटर भन्दा बढी भण्डारण क्षमता नभएकोले अहिले हाहाकार भएको र बुधवार पेट्राल आइपुगीसकेकोले बिहिवार बिहानदेखी अभाव नहुने आयल निगमका निमित्त क्षेत्रिय प्रमुख शिवराज भण्डारीले बताए । Ujyaaloonline
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४