3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

आणविक हतियारमा शक्तिशाली देश उत्तर कोरियाका जनताको हविगत यस्तो रहेछ [फोटो फिचर ]

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

एजेन्सी । उत्तर कोरिया एउटा यस्तो देश हो जसको बारेमा हामीलाई कम जानकारी मात्र दिइन्छ । यो देशका कतिपय रहस्यहरु देशभित्रै लुकाइएको छ र बाहिरी दुनियालाई यहाँबारे अज्ञात राखिएको छ । त्यहाँ जाने पर्यटकलाई भिसा पाउन धेरै कठिन हुन्छ तर फ्रान्सका एक फोटोग्राफर एरिक लाफोर्जले लुकेर केहि तस्वीरहरु लिएका छन् जसले यो देशको हविगतलाई खुलस्त पारिदिएको छ । त्यहाँका सैनिक समूहहरुले यी तस्वीरहरु डिलिट गरिसकेका थिए तर फोनको ब्याकअपमा सेभ भएर मात्र अहिले दुनियाले यी तस्वीरहरुबाट त्यहाँको वास्तविकता देख्न पाएको छ ।

पर्यटकका रुपमा गएका एरिकले धेरै तस्वीरहरु खिचेका थिए तर फर्किने क्रममा सबै फोटो डिलिट गरिए । यसैबाट पुष्टि हुन्छ की उत्तर कोरिया साधारण देश होइन । उनीहरु आफ्नो देशमा खिचिएको फोटो समेत अरुलाई शेयर गर्न चाहदैनन् जसले उनीहरुको देशको वास्तविकतालाई छर्लङ्ग पार्न सक्छ । आफ्नो देशको इमेज जोगाउनका लागि उनीहरु यसरी नै साँचो कुरा सार्वजानिक हुनबाट बचाउने गरेका छन् ।

यसमा त्यहाँका देशवासीहरु पनि संलग्न छन् जो किम जोङबाट जति नै हैरान र दुःखमा भएपनि सधैँ दुनियाका सामु किम जोङ आफ्नो भगवान भएको देखाउन चाहन्छन् र उनका सारा आदेश आँखा चिम्लेर पालन गर्ने गर्छन् । एरिकले खिचेका सबै फोटोहरु डिलिट भएपनि उनको ब्याकअपमा सेभ भएका कारण उत्तर कोरियाका यी दर्दनाक तस्वीर बाहिर आउन सकेका हुन् । यसबाटै हामीले थाहा पाउन सक्छौँ कि यो देश कसरी गरिबीसँग लडिरहेको छ र यहाँका मानिसहरु किम जोङसँग त्रसित भएरै बाँचिरहेका छन् ।

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     8:05:54 PM  |