18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कस्तो अचम्म: महिलाले जन्माइन् जुम्ल्याहा बच्चा, तर पिता फरक-फरक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४  

जुम्ल्याहा बच्चा तर पिता फरक-फरक ! यो सुन्दै असम्भव लाग्छ । तर यो सम्भव भएको छ अमेरिकामा । एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् र ती दुइ जुम्ल्याहा बच्चाका पिता भने फरक फरक हुन् ।

छोटकरी नाम टि एम बताइएकी तर अन्य विवरण गोप्य राखिएकी ती महिलाले सुरुमा आफ्नो नयाँ ब्वायफ्रेण्ड नै दुबै बच्चाको बाउ भएको बताएकी थिइन् । तर पछि मातृत्वको लिखतमा दस्तखत गर्ने क्रममा उनले आफु नयाँ ब्वायफ्रेण्डसँग सम्भोग गर्नुअघि अरु कुनै पुरुषसँग सुतेको खुलासा गरिन् । त्यसपछि बच्चाहरुको पितृत्व परीक्षण गर्दा जुम्ल्याहा दुइ बच्चाको पिता एउटै नभएर फरक फरक रहेको प्रमाणित भयो ।

यो खुलासा भएसँगै अदालतले ती महिलाको पहिलो पार्टनरले एउटा बच्चाको खर्च भर्नुपर्ने फैसला गरेको छ । प्यासेक काउन्टी अदालतका न्यायाधीशले जुम्ल्याहा बच्चाका पिता फरक फरक रहेको हुँदा ती महिलाको हालका पतिले मात्र दुबै बच्चाको पालनपोषणमा खर्च गर्न बाध्य नरहेको र महिलासँग सुरुमा यौन सम्पर्क गरेर एक बच्चाको गर्भाधारण गराउने पुरुषले उनका जैविक सन्तानको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने फैसला गरे ।

महिलाको पहिलो ब्वायफ्रेण्डले अब बच्चाको पालनपोषणका लागि प्रतिहप्ता २८ डलर तिर्नुपर्नेछ । न्यायाधीशले आफुले जुम्ल्याहा बच्चाको पिता फरक फरक रहेको घटना पहिलोपटक देखेको बताए । तर विज्ञानले भने यस्तो कुरा सम्भव हुनसक्ने र हरेक १३ हजार जुम्ल्याहामा एउटा यस्तो भेटिने बताएको छ ।

जुम्ल्याहा सन्तानको जैविक पिता फरक फरक हुने यो प्रक्रियालाई हेट्रोप्याटर्नल सुपरफिकन्डेसन भनिन्छ । जब महिलाको एक पटकको महिनावारी चक्रमा दुइवटा डिम्ब तयार हुन्छन् र ती डिम्ब यौन सम्पर्कको क्रममा फरक फरक पुरुषको शुक्रकिटबाट फर्टिलाइजेसन हुन्छन् तब जुम्ल्याहा बच्चाका पिता फरक फरक हुन्छन् ।     onlinekhabar

प्रकाशित मितिः बुधबार, अशोज १८, २०७४     2:19:15 PM  |