कोहलपुर, २१ बैशाख / बाँकेको राप्ती नदीमा ¥याफ्टिङ्गको राम्रो सम्भावना देखिएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने राप्ती नदीमा ¥याफ्टिङ्ग गर्न सम्भव देखिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जले राप्ती नदीमा ¥याफ्टिङ्गको सम्भावनाबारे अध्ययन समेत गरिसकेको छ । कुसुमको गावरदेखि अगैयासम्म करिब ८ किलोमिटर नदीमा ¥याफ्टिङ्गको सम्भाव्यताबारे अध्ययन गरिएको थियो ।
‘केही ठाउँमा समस्या भएपनि राप्ती नदीमा ¥याफ्टिङ्गको सम्भावना प्रवल छ’ बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत लबहादुर पुर्जापुन मगरले भने ‘पानीको सतह कम भएका केही ठाउँमा मिलाउने हो भने सहजै रुपमा ¥याफ्टिङ्ग गर्न सकिन्छ ।’
नदीको पानीको बहाव भने अलि कम नै रहेको छ । जसकारण जुन गतिमा ¥याफ्ट चल्नुपर्ने हो, त्यो रफ्तारमा चल्न सक्दैन । तर मोटर जडित ¥याफ्टिङ्गका लागि भने सहज देखिएको छ ।
राप्ती नदीमा ¥याफ्टिङ्ग शुरु गर्ने हो भने आन्तरिक र बाह्य पर्यटक समेत भित्र्याउन सकिने मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष गेहेन्द्रकुमार खड्काले बताए । उनले सो क्षेत्रमा ¥याफ्टिङ्ग सञ्चालन गर्ने योजना रहेको बताएका छन् । पहिलो चरणमा अगैया क्षेत्रको तीन किलोमिटरमा ¥याफ्टिङ्ग गर्ने योजना बनाइएको उनको भनाई छ ।
¥याफ्टिङ्गका क्रममा चराचुरुङ्गीका आवाजहरुले मनै लोभ्याउने गर्छ । साथै नदीमा माछाहरु खेल्ने, उफ्रने गरेको दृश्य साँच्चै नै हेर्न लायक हुने गरेको बाँके निकुञ्जका रेञ्जर अनिलकुमार रामले बताए ।
साथै नदीमा मगर गोहीहरु पनि रहेका छन् । सो नदीमा बाँके निकुञ्जले दुर्लभ घडियाल गोही छोड्ने तयारी पनि गरेको छ । चितवनबाट घडियाल गोहीको प्रजाती
ल्याएर नदीमा छाड्ने तयारी गरेको हो । घडियाल गोहीलाई चाहिने बासस्थान र आहाराका लागि माछा प्रशस्त भएकाले पनि घडियाल गोहीका लागि उपयुक्त स्थान मानिएको छ ।
¥याफ्टिङ्गबाट गोही, माछा, चराचुरुङ्गी, वन्यजन्तुहरुको पनि अवलोकन गर्न सकिने भएकाले पर्यटनको सम्भावना अधिक
रहेको संरक्षणकर्मी कृष्ण चौधरीले बताए ।
उनले ¥याफ्टिङ्गले सुन चाल्ने तथा माछा मार्ने स्थानीयका लागि रोजगारीसिर्जना गर्ने बताए । ¥याफ्टिङ्गले माछा मार्नेहरुको पेशालाई परिवर्तन गर्दै रोजगारी सिर्जना हुने उनले विश्वास व्यक्त गरे ।