16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कहिलेसम्म सहन्छन विद्यार्थीले दुर्गन्ध ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २, २०७३  

तुलसीपुर, २ चैत्र / तुलसीपुरमा क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान अभियान ३० औं हप्तापार गरिरहदा तुलसीपुर ६ हेमराज मार्गमा पर्ने राप्ती विद्या मन्दिरमा अध्ययनरत विद्यार्थीहरु फोहोरका कारण दैनिक दुर्गन्धसंग अभ्यस्त भैराखेका छन् । उक्त सडकखण्डमा राप्ती विद्यालयमा अध्ययन गर्ने बालबालीका मात्र होईन उक्त सडकबाट हिँड्ने विद्यार्थी स्थानिय सबैको गुनासो छ कहिले सम्म हो यस्तो दुर्दशा ।
विद्यालयको छेउवाट अव्यवस्थित रुपमा ढलनिकासी भैरहेको धेरै बर्ष बितिसक्यो बजारको सबै फोहोर विद्यार्थीहरुले अध्ययन गर्ने कोठा नजिकै बाट बग्ने र थुप्रिने गरेको हुंदा उनीहरु समस्यामा परेका छन् । जुन सडकबाट दैनिक रुपमा त्यस क्षेत्रका विद्यालय कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु हरेक दिन आवत जावत गर्ने गर्छन स्थानिय नागरीकहरु हिड्ने सडक त्यही हो हरेक दिन नाक खुम्चाएर हिड्नु पर्ने बाध्यता छ ।
स्थानियका अनुसार उक्त नालामा घोराही चौकका साथै एमाले पार्टि कार्यालय र गुम्रहाचौकको फोहर लागाएतका क्षेत्रबाट नालामा फोहर बग्ने गर्छ जुन फोहर विद्यालय पछाडी मात्र होइन त्यस क्षेत्रका बिभिन्न स्थानमा थुप्रीरहेको छ जस्ले गर्दा सुन्दर टोल र बजारको कल्पना हराउदै छ । तत्कालीन समयमा नगरपालीकाले व्यवस्थित ढल निकासका लागि विद्यालयसंग वारम्वार अनुरोध गरेको थियो तर अहिले अत्रतत्र फोहोर बगिरहेको छ ।
विद्यालयका अनुसार नगरपालीकालाई यसबारे पटक पटक ध्यानाकर्षण गराउदा समेत कुनै चासो देखाएको छैन । झण्डै १०० मिटरको नाला विद्यालयको छेउबाट खुल्ला रुपमा बगिरहेका कारण समस्या उत्पन्न भएको छ । तत्कालीन समयमा नगरपालीकाका संस्थापक मेयर शंकर प्रसाद आचार्यले पक्कीनाला निर्माण गर्ने भनेपछि बजारको ढल निकास सहि तरीकाले होला भनेर नै राम्रो कार्यको लागी विद्यालयले आफ्नो जग्गा नालाको लागि दिएको थियो । तर आज सम्म पनि नगरपालीकाले यसबारे चासो नदिएको विद्यालयले जनाएको
छ ।

प्रकाशित मितिः बुधबार, चैत्र २, २०७३     12:14:42 PM  |