नेपालगञ्ज उद्योग वाणिज्य संघ निर्वाचन
कोहलपुर, भदौ १३
नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा नन्दलाल बैश्य भारी मतले बिजयी भएका छन् । आगामी कार्यकालका लागि शनिबार संघको निर्वाचन भएको थियो । आइतबार राती सम्पन्न भएको अध्यक्ष पदको मतगणनामा बैश्यले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहतर्फका अध्यक्ष पदका उम्मेदवार गोपाल प्रसाद अधिकारलाई भारी मतले पराजित गरी बिजयी भएका हुन् । त्यस्तै समाबेशी साझा समूहतर्फबाट अध्यक्षका उम्मेदवार कपिल प्रसाद अधिकारी पुछारमा रहे । निर्वाचनमा बैश्यले एक हजार ४ सय ७१ मत ल्याएर बिजयी भएसंगै संघको हालसम्मको निर्वाचनमा भारी मत ल्याएर नयाँ इतिहास समेत कायम गरेका छन् । निकटतम प्रतिद्वन्द्वी गोपालले जम्मा ५ सय ८२ मत प्राप्त गरे भने कपिलले जम्मा ४ सय ५८ मत प्राप्त गरेका थिए । निर्वाचनको परिणाम अनुसार बैश्यल प्यानलबाट बहुमत आउने देखिएको छ ।
संघको उद्योग र वााणिज्यतर्फको उपाध्यक्षमा पनि समाबेशी प्यानलका अब्दुल वाहिद मन्सुरी चुन्न र दुर्गा भण्डारी बिजयी भएका छन् । प्रजातान्त्रिकका केही उम्मेदवार मात्र आउने देखिएको छ । यो समाचार तयार पार्दासम्म समाबेशी प्यानलबाट करिब ९ जनाले बिजयी हुने देखिएको छ भने प्रजातान्त्रिक समूहबाट ३ जना उम्मेदवारले संघको आगामी कार्यकालका लागि आउने देखिएको छ ।