निर्माण व्यवसायीले भेटे तीनवटै प्यानल



कोलपुर, भदौ ९
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा प्रतिस्पर्धाका रुपमा रहेका तीन वटै प्यालनसंग बुधबार निर्माण व्यवसायीहरुले छुट्टा छुट्टै छलफल गरेका
छन् । बाणिज्य संघको असन्न निर्वाचन नजिकिदै गर्दा निर्माण व्यवसायीहरुले आफ्नो समस्याहरुलाई बाणिज्य संघले पहल नगरेको भन्दै बुधबार छुट्टा छुट्टै छलफल गरेर पहल गर्न आग्रह गरेका हुन् । यही ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावका लागि प्रतिस्पर्धामा रहेका प्रजातान्त्रिक समुहका अध्यक्षका उम्मेद्वार गोपाल प्रसाद अधिकारी, समावेशी साझा समुहबाट अध्यक्षका उम्मेद्वार कपिल प्रसाद अधिकारी, समावेशी समुहबाट अध्यक्षका उम्मेद््वार नन्दलाल बैश्यको समुहसंग बाँके निर्माण व्यवसायीहरुले छलफल गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ भदौ ९ गते बिहीबार