मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २७, २०७३
कोहलपुर, साउन २७
प्रेस सेन्टर नेपाल बाँके शाखाले बुधबार शोक प्रस्ताव पारित गरेको छ । सेन्टरको बुधबार बसेको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा मध्यपश्चिम सहसंयोजक अजयदिप शर्मालाई मातृशोक परेकाले शोक प्रस्ताव पारित गरिएको हो । प्रेस सेन्टर नेपालका सचिवालय सदस्य तथा नौलो जनउभार साप्ताहिकका प्रकाशक समेत रहेका पत्रकार शर्माकी ममतामयी आमा लोककुमारी रिजालको ब्रेन ट्युमरका कारण ७९ वर्षको उमेरमा निधन भएको
हो । बैठकले शोक प्रस्ताव पारित गर्दै श्रावण महिनाभरी संगठनले कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय समेत गरेको छ ।