23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

बालमैत्री बाँसगढी बनाउन बालमैत्री निति अबलम्बन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार २६, २०७३  

रावन विश्वकर्मा
बाँसगढी, असार २७
बाँसगढी नगरपालीकाले बालमैत्री नीति अवलम्वन गरेको छ । नेपाल सरकारले बाल मैत्री स्थानिय शासन २०६८ को रणनीति जारी गरि स्थानिय निकायलाई बालमैत्री बनाउने अवधारणा अघि सारे अनुसार बाँसगढी नगरपालीकाले पनि बालमैत्री निति अबलम्वनका साथै बालमैत्री नगर घोषणाको तयारीहरु स्वरुप बिभिन्न गतिविधिहरु पनि गरिरहेको छ ।
बालमैत्री नगर बनाउन तयारी सोरुव चालु आर्थिक वर्षमा नगरपालीकाले नगरपालीका भित्र रहेका ११ ओटै वडाहरुमा बाल क्लवहरु गठन, बालबालीकाहरुको क्षमता अभिवृदिको लागी तालिम र नगर स्तरिय बाल सञ्जाल पनि गठन गरिसकेको छ । त्यस्तै बाल मैत्री स्थानिय सासन विषयक अभिमुखिकरण गोष्ठि, बालमैत्री स्थानिय शासन नगर समिति पनि गठन गरिसकेको छ । बालमैत्री नगर घोषणा गर्नलाई कम्तीमा १५ प्रतिशत बजेट बिनियोजन गर्नुपर्ने प्राबधान अनुसार आर्थिक वर्ष २०७३।०७४ को नगर परिषदबाट बालबालिकाको लागी १५ प्रतिशत बजेट पनि छुट्याईने बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्काले बताए । बालमैत्री नगर बनाउनलाई नेपाल सरकारले ल्याएको बाल मैत्री स्थानिय शासनको राष्ट्रिय रणनीति र कार्यान्वय कार्यबिधीले तोके बमोजिमका प्राबधानहरुलाई पुरा गर्नु पर्ने बालमैत्री स्थानिय शासनका सहजकर्ता बिकिरण गौतमले बताए ।
सहजकर्ता गौतमले बाल मैत्री स्थानीय निकाय बनाउन २७ वटा सेवाप्रवाहसम्बन्धी र १२ वटा संस्थागत विकाससम्बन्धी सूचकहरु पूरा गर्नुपर्ने बताए । बालबालिकाको चाहना, विचार र मनोभावनाको चासो दिएर सोहीअनुसार व्यवहार गर्ने प्रवृत्तिको अहिले पनि अभाव छ । बाँसगढी ८ कि बालीका शिक्षा अधिकारीले बालमैत्री नगर बनाउनलाई बालबालीकाको लागी आबश्यक पर्ने आधारभुत आबश्यकताहरु पुरा गर्न नगरपालीका, बिद्यालय लगायत बिभिन्न निकायहरुले पहल गर्ने मात्रै नभए राम्रो बातारण सृजना गरिदिनु पर्ने बताइन । त्यस्तै सामुदायिक मेलमिला केन्द्र बेलवाका संयोजक हरि देबकोटाले नगरपालीकाबाट बालबालिकाका लागी छुट्याईएको बजेट नितान्त बालबालीको लागी खर्च गरि बालबालिकाको उत्थान र बिकासको लागी सबै लागीपरे बाल मैत्री नगर बनाउन टेवा पुग्ने बताए । बाँसगढी नगरपालीका ५ लक्ष्मणाकी जुबेदा खातुनले पनि प्रत्येक बर्ष बालबालिकाको लागी छुट्याईएको बजेट अन्य शिर्षकमा नभएर नितान्त बालबालीकाको उत्थान र बिकासको लागी खर्च गर्नु पर्ने बताईन । बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागितालाई नेपाललगायत विश्वभरका मुलुकहरुमा बालअधिकारका मूलभूत सवालका रुपमा लिइएको छ । भोलि देश हाँक्ने अभिभारा बोक्ने बालबालिकाहरुलाई स्वतन्त्रढंगले अगाडि बढ्न दियांै भने मात्रै समाज र देशका लागि आवश्यक सही जनशक्ति निर्माण हुनसक्छ ।

प्रकाशित मितिः आइतवार, असार २६, २०७३     1:13:19 PM  |