19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

लैंगिक समानता तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २४, २०७३  

कोहलपुर, असार २४
तीन दिने लैंंिगक समानता तथा सामाजिक समावेशीकरण विषयक तालिम बिहीबार कोहलपुरमा सम्पन्न भएको छ । हिपत नेपालको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा भएको तालिममा ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो । तालिमको समापन समारोहमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तीन सम्म चलेको तालिममा महिला अगुवा मिना सिग्देल, गोविन्द पौडेल, इलाका प्रहरी कार्यालय कोहलपुरकी महिला सेल प्रमुख शान्ति रावल लगायतले तालिम अवधीभर फरक फरक विषयमा तालिममा प्रशिक्षण दिएका थिए । ३० जना प्रशिक्षार्थी सम्मिलित तालिममा विशेष गरी नेपालमा महिलामाथि हुने विभेद, यातना र हिंसा न्यूनिकरणको विषयमा केन्द्रित रहेको तालिमका संयोजक शिवध्ज शाहीले बताए । तालिम आयोजक संस्था हिपतका अध्यक्ष शन्तोषराज पौडेलको सभापतित्वमा तालिमको समापन समारोह सम्पन्न भएको थियो ।

प्रकाशित मितिः शुक्रबार, असार २४, २०७३     11:23:24 AM  |