अशक्त विद्यार्थीहरुलाई शैक्षिक सामग्री



कोहलपुर, आसर ६
बाँकेको साइगाउँ गाविसले गाविस अन्तर्गत रहेका विभिन्न विद्यालयहरुमा अध्ययनरत शारीरिक रुपले अशक्त विद्यार्थीहरुलाई आइतबार शैक्षिक सामग्री वितरण गरेको छ । गाविसको लक्षित वर्ग अन्तर्गत अपांगता भएका व्यक्तीहरुका लागि छुट्याएको बजेट मार्फत विद्यार्थीहरुका लागि आवश्यक समग्रीहरु वितरण गरिएको गाविस सचिव इश्वरकुमार बमले जानकारी दिए ।  गाविसको सहयोग तथा अपाङ्ग इकाइ समिति साइगाउँको आयोजनामा भएको कार्यक्रममा १० जना विद्यार्थीहरुलाइ उक्त सामग्री हस्तान्तरण गरिएको छ । समाग्रीमा झोला कापि पेन ज्यामेट्रिक बक्स लगायतका सामाग्री रहेका छन् । गाविस सचिव बमको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेरा प्राविका प्रधानाध्यापक दोर्णबहादुर वली, पूर्व गाविस सचिव लोकराज तिमिल्सेना,एमाले नेता ईन्द्रबहादुर थापा समाजसेवि तथा विद्यालयका प्रधानाध्यापहरुले सामग्रीहरु हस्तान्तरण गरेका थिए ।
समाग्री पाएपछि आफुहरुलाई अध्ययनमा सघाउ पुग्ने विद्यार्थीहरुले बताएका छन् । अपांङ्ग इकाइ समितीका अध्यक्ष अनु सुनारको सभापतित्वमा भएको कार्यक्रममा गाविस अन्र्तगत रहेका विद्याथीहरुको सहभागिता रहेको थियो ।दोस्रो चरणमा अपांगता भएका व्यक्तीहरुलाइ आयआर्जन गर्नसहयोग गर्ने उदेश्यले रकम प्रदान गरिने शारिरिक रुपले अशक्तहरुको अधिकारका लागी काम गर्नअपांग इकाइ समीतीका पुर्व अध्यक्ष मोहल श्रीवास्तवले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७३ असार ६ गते सोमबार