द्वन्द्वपीडितको अवस्था दयनीय



कोहलपुर, असार २
द्वन्द्व पीडितहरुको अवस्थाहरुको अवस्था हृदयविदारक रहेको एउटा अनुगमन टोलीले जानकारी गराएको छ । शान्ति मन्त्रालय अन्तरगतको शान्ति कोषले केही पत्रकारसहित राप्तीका विभिन्न जिल्लामा द्वन्द्वपीडितलाई भेटेपछि यस्तो अवस्थाको चित्रण गरेको छ । द्वन्द्वपीडितहरुले अझै पनि राहत नपाएको, घाइतेको अवस्था विजोग रहेको पाइएको अनुगमनमा गएका गोर्खापत्र दैनिकका पत्रकार नारदमुनि गौतमले बताए । अनुगमनको अवस्था बुझाउन बुधबार नेपालगन्जका पत्रकारहरुसँग आयोजित अन्तरक्रियामा उनले द्वन्द्वपीडितका क्षेत्रमा काम गर्ने संघसंस्थाले आप्mनो जिम्मेवारी पूरा गर्न नसकेको उनको भनाई छ ।
कार्यक्रममा शान्ति कोषका उपसचिव बुद्ध गुरुङ्गले कोषले शान्ति स्थापनाका लागि गरेका प्रयासबारे जानकारी गराएका थिए । टोलीले दाङ्ग, रुकुम र रोल्पाका द्वन्द्वपीडितहरुसँग छलफल गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ असार २ गते बिहीबार