राष्ट्रियताको सवालमा वर्तमान अवस्था



सूर्य ढकाल
मदन जयन्तीको सन्दर्भमा यही असार १४ गते मदन भण्डारी र राष्ट्रियता वियषक मा.वि.स्तरको खुला बक्तृत्वकलाको आयोजना गर्न गई रहेका छांै । प्रथम रु. ५०० द्वितीय रु. ३०० र तृतीय रु. २००० नगद र प्रमाण पत्र सहित प्रधान कार्यक्रम गर्न गएका छांै । विरोधहरुलाई चिर्दै नयाँ संविधान मुलुकले पाएको छ । हिजोको सामान्ती निरंकुश, वर्णवादी, केन्द्रीकृत, एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबैखाले विभेद् र उत्पीडनको अन्त्य आज सवैधानिक हिसाबले भएको छ । संविधान जारी भए पछि मुलुक एउटा युगबाट अर्को युगमा प्रवेश गरेको छ । छ दशक लामो नेपाली जनताको संघर्ष र आठ वर्षको अथक प्रयासबाट प्रगतिशिल विचार बोक्नेहरुले जारी गरेको संविधानमा अधिकांश समुदायका अधिकारहरु बन्चीत भए भनि भ्रामक प्रचार गरिएको छ । यो संविधान जारी हुँदा मुलुक राजतन्त्रबाट गणतन्त्रतर्फ, अधिनायकवादबाट लोकतन्त्रतर्फ, एकात्मकबाट संघीयतातर्फ, हिंसा र अशान्तिबाट दिगो शान्तितर्फ अस्थिरताबाट स्थायी शान्तितर्फ, विभेद् र असमानताबाट सामाजिक न्याय तर्फ र दरिद्रबाट समृद्धितर्फ मुलुक रुपान्तरण हुन गई रहेको हुँदा यथास्थितिवादी, प्रतिक्रियावादी, सामान्तवादी र जमिन्दारीहरुले खाई पाई आएको विरासत गुम्ने खतरा भएकै कारण आज संविधानका अन्तर वस्तुहरु जनताको बीचमा पु¥याउन दिएका
छैनन् । आज भन्दा १६८ बर्ष पहिले कार्ल माक्र्सले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गर्ने सन्दर्भको उल्लेख गर्दै युरोपमा एउटा हाउ घुमिरहेको छ । साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप, जार, मेटर्निख, गीजो, फ्रेन्च उग्रवादी र जर्मन पुलिस अर्थात पुरानो युरोपका सारा सत्ताधारीहरु एक भएर लागेका छन्् । अब कम्युनिष्टहरुले सम्पुर्ण संसारको अगाडि आफ्ना विचारहरु, आफना उद्देश्यहरु, आफना प्रयासहरु, खुलस्त बताउनु परेको छ । पहिलो संविधान सभाबाट मुलुकले संविधान पाउन नसकेपछि दोसो संविधानसभाबाट जनताको प्रतिनिधिहरुले नेपालको संविधान २०७२ असोज तीन गते जारी गर्न सफल भएका छन् । संविधान जारी भएपछि अहिले बजारमा एउटा अफवाह फैलाउन खोजिएको छ । संविधानमा जनजातिका, मधेशीका मुद्दाहरु, दलितका, पिछडिएका वर्गहरुका मुद्दाहरु संविधानमा समेटिएको छैन भनि हाउ पिटिएको छ । जसरी कम्युनिष्ट पाटीको घोषणापत्र जारी गरेर हाउ हटानेकाम कार्यमाक्र्सले गरेका थिए । संविधानको विरोधमा फैलाइएको यो हाउलाई नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अडान र राष्ट्रवादी सोचका कारण त्यो हाउ हराउदै र कमजोर वन्दै गएको अवस्था छ ।
गरिवि असमानता विभेल पछौटेपन आ हाम्रो रोजाई होइन । चीनमा देङ्गसाउपिङ्ग नेतृत्वमा आउँदा चिन निर्माणको आधार बन्यौं । मदन भण्डारी नेतृत्वमा आउँदा ०४६ सालको जनआन्दोलन र जनताको बहुदलीय जनवाद आउन सक्यौ । केपी कमरेड नेतृत्वमा आए पछि राष्ट्रिय राजनीतिको केन्द्र भागमा नेकपा एमाले स्थापति भएको छ नेकपा एमाले माथि लागेका आरोपहरु खण्डति भएका छन्् । केपी ओलीको नेतृत्वमा मुलुकले नयाँ संविधान प्राप्त गरेको छ । संविधानको सफल कार्यँन्वयन र सम्वृद्ध नेपालको निर्माण गर्ने दायित्व तथा अभिभारा थपिएको
छ । त्यसैको जगमा नीति तथा कार्यक्रम तथा बजेट सम्म प्रस्तुत भइसकेको छ ।
विश्व संविधानका मुलभुत मान्यताहरु यो संविधानले बोकेको छ । यो प्रगतिशिल छ । यो जनताको प्रतिनिधिहरुले बनाएको संविधान हो । राष्ट्रियता सार्वभौसत्ता राष्ट्रिय एकता सामाजिक सद्भावलाई आत्मसाथ गरेको छ । ९० प्रतिशतको समर्थन छ । मधेश आन्दोलन र भारतको अघोषित नाकावन्दले नेपालको अर्थतन्त्र तहस नहस हुँदै गएको अवस्थमा राष्ट्र« र नेपाली जनतालाई आशावादी बनाउने हिसावले बजेट आएको छ । विकास निर्माणको आधार तयार गर्ने खोजेको छ भने नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष क. केपी शर्मा ओलीले राष्ट्रिय राजनीति तथा संविधान निर्माणमा खेलेको भूमिका तथा पार्टी भित्रको आन्तरीक एकता र वर्षौदेखि बिना कारण एमाले माथि लागेको आरोपहरुलाई खण्डित गर्ने काममा खेलेको महत्वपूर्ण भूमिका कारणले नेकपा एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा उभिन सफल भएको छ । आम पाटी पंक्तीमा उत्सहा बढेको छ । पार्टी निर्माणमा नेतृत्वको महत्वपूर्ण भूमिका रहँदो रहेछ । नेतृत्व सवल सक्षम र दुरदृष्टि राख्ने भयो भने समग्र पार्टी मुलुक जनजीवनमा प्रत्यक्ष पभाव पर्दछ । नेतृत्व भनेको सैद्वान्तिक रुपमा सवैभन्दा चेतनशील, अगुवा सगठित अनुशासीत र मजदुर वर्गको प्रतिनिधि सामाजको अभिभावक हो ।
हामी जुन सुकै समुदाय, वर्गजाति, भाषा, धर्म संस्कृती, लिंग वा क्षेत्रको भए पनि सार्वभौम अधिकार सम्पन्न स्वभिमानी नेपाली नागरिक भएका
छौं । संघीय लोकतान्त्रीक गणतन्त्र संस्थागत भएको छ । बजेट प्रस्तुत पछि दिगोशान्ति सुशासन, विकास र समृद्धको नयाँ ढोका खुलेको छ । समानुपातिक, समावेशी सहभागितामुलक सिद्धान्तका आधारमा आर्थिक समानता, सामाजिक न्याय, समातामुलक समाज निर्माण गर्ने र लोकतान्त्रीक व्यवस्थालाई सुदृढ गर्दै नेपाली समाजलाई समाजवादी व्यवस्थामा रुपान्तरण गर्ने नयाँ आधार पैदा भएको छ । नेपाल बहुजाति, बहुभाषीक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगौलिक विविधितायुक्त देश हो । हिजोको सामान्ती, निरकुंश, वर्णवादी, केन्द्रीकृत राज्यव्यवस्थाले सिर्जना गरेका सबै खाले विभेद् र उत्पीडाको अन्त्य आज सवैधानिक हिसावले भएको छ । यति धेरै विविधता भएको मुलुकमा एउटै साझा डकुमेन्टमा सवै विषय समेटन सजिलो कुरा होइन । मुल कुरा आफनो र आफनो समुदायका माग र मुद्धाहरु समावेश भए भएनन् भनेर भन्दा पनि संविधानका विश्वव्यापी मान्यता अनूरुप लोकतन्त्र मानवअधिकार, सामाजिक न्याय, स्वतन्त्रता, समानता, समावेशी आदि जनताको आधारभुत अधिकारहरु संविधानमा भए नभएको आधारमा संविधानको मूल्याकन हुनुपर्छ । संविधान अग्रगामि परिर्वतनको पक्षमा छ कि छैन ,शान्ति सुसासन,विकास र समृद्धिको जनकाक्षा पूरा गर्न संविधान गतिशिल छ कि छैन । महत्वपुर्ण कुरा हो ।
मुलुकले नयाँ संविधान प्राप्त गर्दा विभिन्न मित्रराष्ट्र«हरुले संविधानको स्वागत गरे नेपालीको खुशीमा खुशी मिलाए तर मित्रराष्ट्र भारतले हाम्रो खुशीमा खुशी मिलाउन सकेन । संविधान जारी गर्ने सन्दर्भ वा समयमा भारत नेपाल भारतको इसारामा सबै काम हुन्छ र हुने गरेको छ भन्ने सन्देश दिन खोजेको
थियो । त्यो काम हुन नेकपा एमालेका अध्यक्ष क. केपी शर्मा ओलीले
दिएनन् । यो काम नेकपा एमालेका नेता कार्यकर्ता, शमर्थक शुभचिन्तकको लागि मात्र नभएर सवै देशवासीको लागि खुशीको विषम् थियो । त्यही राष्ट्रिय भावनाको साथ यो सरकार गठन पनि भएको हो । नेपालको इतिहासमा १८१६ को सुगौलि सन्धीपछि पहिलो पटक दृढ अडानका साथ राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र नेपाली स्वभिमानको लडाई लडाहि लडिरहेको छ । वर्तमान सरकार भारत सरकार सग नैतिक युद्ध लडिरहेको छ । इतिहासमा कुनै बेला थियो ढुंगा मुढा भाला खुकुरीको युद्ध । समाज विकास क्रम अनुसार लडाकु विमान, क्षेप्यास्त्र,आवणिक, जैविक रासनिक हतियार आदि आधुनिक हतियारहरुको विकास भए । आजको २१औ शताव्दकिो विज्ञान र प्रविधिको युग,सुचना र सञ्चार र ग्लोबलाईजेसनको युगमा विकसित हँदै गरेको मानव चेतना, मानवता, मानवअधिकार, विश्ववन्धुत्व, लोकतान्त्रीक, मुल्य मान्यता र सभ्यताको युगमा यस्ता हतियाहरु काम नलाग्ने हुन थालिसके । आजको सभ्य दुनियाका आगाडि नेपाल भारत सरकारसँग नैतिक मुल्य मान्यताको लडाई लडिरहेको छ । हाम्रा अग्रजहरुले पानी पनि नखाई ढूंगा मुडाले लडेर बचाएको मुलुक बरु लडेर मेर पिठयुँ फर्काएर भागेनन् हामी पनि राष्ट्रिय स्वाधिनता, देशको स्वतन्त्रतता, सार्वभौकिता र भागौलिक अखण्डताको लागि जस्तासुकै कस्ट पिडा सहन तयार छौं । के नेपाल स्वतन्त्र सार्वभौम राष्ट्र होइन ? नेपाली जनताले आफुले निर्वाचित गरेका जन प्रतिनिधिहरुवाट लोकतान्त्रीक विधि प्रकृया,पद्धति अनुरप संविधान जारी गर्न सक्दैन । भारतले दुनियाको अगाडि अघोषित नाकावन्दी गरेर हामीलाई गलाउन खोज्यो जुकाउन खौज्यौं राष्ट्रियता, स्वाधिनाता, स्वतन्त्रता, स्वभिमानको लडाइमा नेपाली जनताको जित सुनिश्चित छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ ३० गते आइतबार