अमेरीकाबाट बिद्यालयलाई सहयोग प्रदान



के सी शेर
अष्टिन टेक्सास /
नेपालको झापा स्थित एक विद्यालयले अमेरीकामा बस्ने नेपालीबाट सहयोग प्राप्त गरेको छ । झापाको कमला मदन आश्रित उच्च माविले अमेरीकाको टेक्सास अस्टिनमा रहेका विद्यालयका पुर्व विद्यार्थी भुपेन्द्र न्यौपानेको अग्रसरतामा १ लाख भन्दा बढी मुल्य पर्ने ६ वटा कम्प्युटर प्राप्त गरेको हो । विद्यालयलाई अझै प्रबिधीमुखी बनाउन हेमन्त गौतम, बिदुर खतिवडा, सन्तोष न्यौपाने, रविन बस्नेत, अशोक इश्रानी लगायतको सहयोगमा विद्यालयको लागी सो रकम जम्मा गरेको भुपेन्द्र न्यौपानेले बताउनुभयो ।
Araj Keshav's photo.
सहयोग रकम मध्ये केही अष्टिनमा गत महिना नेपाली चलचित्र कबड्डी कबड्डीको प्रदर्शन गरेर संकलन गरिएको न्यौपानेको भनाई छ । नेपाली चलचित्र हेरेर सहयोग गर्ने अष्टिनवासी नेपाली , सहयोग गर्न अवसर दिने विद्यालयका प्रधानाध्यापक हिम दाहाल तथा आफ्ना साथीहरुलाई न्यौपानेले धन्यवाद दिदै नेपालका अन्य क्षेत्रका विद्यालयहरुलाई पनि सहयोग गर्ने धोको रहेको बताउनुभयो । विद्यालयको ५३ औं वार्षिक उत्सवका अवसरमा सो रकमको ६ थान कम्प्युटर प्रदान गरिएको हो । सहयोग प्रती विद्यालयले पनि सहयोगी मनहरुलाई धन्यवाद ज्ञापन गरेको बताइएको छ ।
 Araj Keshav's photo.

Araj Keshav's photo.

Araj Keshav's photo.

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ३० गते मंगलबार