28 November 2020  |   आइतवार, मंसिर १४, २०७७

डेनमार्क विश्वकै सर्वाधिक खुशी राष्ट्र, नेपाल १०७ औं स्थानमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ४, २०७२  

काठमाडौं, चैत ४ । विश्वको सबैभन्दा खुशी राष्ट्रमा यस वर्ष पनि यूरोपेली देश डेनमार्कले बाजी मारेको छ ।

विश्व हेप्पीनेश रिपोर्टका अनुसार सबैभन्दा खुशी राष्ट्रमा डेनमार्क पहिलो स्थानमा परेको हो भने स्वीट्जरल्याण्ड दोस्रो र आइसल्याण्ड तेस्रो स्थानमा छन् ।

१५६ देशमा गरिएको अध्ययन तथाअनुसन्धानका आधारमा यो सूची बनाईएको हो । जसमा सन् २०१३ देखि अहिलेसम्म डेनमार्क पहिलो स्थानमा रहँदै आएको छ । अमेरिका भने यो सूचीको १३ औं स्थानमा छ । यस्तै जापान ५३ औं, पाकिस्तान ९२ औं र नेपाल १०७औं स्थानमा छ ।

भारत भने ११८ औं स्थानमा छ । भारतभन्दा पाकिस्तान खुसी राष्ट्र भएको प्रतिवेदनले जनाएको छ । भारत अघिल्लो वर्षभन्दा एक स्थान तल झरेको छ । अघिल्लो वर्ष भारत ११७ औं स्थानमा थियो ।

प्रतिवेदन संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट सोल्यूसन्स नेटवर्कले प्रकाशित गरेको हो । विश्व खुशी दिवसको अवसर पारेर प्रतिवेदन सार्वजनिक गरिएको हो ।

आगामी आइतबार विश्व खुशी दिवस मनाईंदै छ । (एजेन्सी)

प्रकाशित मितिः बिहिबार, चैत्र ४, २०७२     1:59:11 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *