26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

अमेरिकाको निर्णयले भारत स्तब्ध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २, २०७२  

नयाँ दिल्ली, फागुन २ । केही समय यता अमेरिका र भारतबीच सुमधुर सम्बन्ध बनेको टिप्पणी हुँदै आएको थियो तर अमेरिकाको एउटा निर्णयले यी दुई देशबीचको सम्बन्धमा फेरि एउटा दुरी सिर्जना गरेको छ ।

अमेरिकाले भारतको पारम्परिक सामरिक प्रतिद्वन्द्वी मानिएको पाकिस्तानलाई आठवटा ‘एफ–१६’ लडाकु बिमान बेच्ने निर्णयगरेको छ । ती विमान परमाणु क्षमतासहितका हुन् ।

अमेरिकाको सो निर्णयबाट भारतले आफू स्तब्ध भएको जनाएको छ । साथै उसले अमेरिकासामू औपचारिक रुपमै आपत्ति जनाएको छ ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपका अनुसार ओबामा प्रशासनको यो निर्णयबाट भारत सरकार निराश बनेको छ । (एजेन्सी)

प्रकाशित मितिः आइतवार, फाल्गुन २, २०७२     4:05:12 PM  |