के सी शेर / अष्टिन टेक्सास :
नेपाली जन सम्पर्क समिति अमेरीकाले नेपाली कांग्रेसका दिवंगत सभापति शुशिल कोइरालाको सम्झनामा शोक पुस्तिका राख्नुका साथै बिभिन्न सबै स्टेटमा शोक सभा गर्ने भएको छ ।
अमेरीकाका सबै स्टेट तथा च्याप्टरहरुमा शोक सभा तथा शोक पुस्तिका राख्ने जन सम्पर्क समिति अमेरीका केन्द्रिय समितीको निर्णय अनुसार जन सम्पर्क समिति अष्टिन च्याप्टरले पनि कोइरालाको सम्झनामा शोक पुस्तिका राखेर आउंदो २१ तारिख आइतबारका दिन शोक सभा गर्न लागेको अष्टिन च्याप्टर सभापति प्रेम पाण्डेले बताए । उनका अनुसार अष्टिन स्थित बम्बई टु काठमाण्डौमा शोक पुस्तिका राखिने छ तथा सोही ठाउंमा २१ तारिखमा शोक सभा गरिनेछ ।
नेपाली कांग्रेसका सभापती तथा पुर्व प्रधानमन्त्री शुशिल कोइरालाको निधन भएपछि विश्वभर नै शोक सभा तथा शोक पुस्तिका राखेर उनको सम्झना गरिदैछ सोही क्रममा अमेरीकाका बिभिन्न स्थानहरुमा समेत शोक सभा गरिदैछ ।
प्रकाशित मिति : २०७२ फागुन १ गते शनिबार
प्रतिक्रिया दिनुहोस्