नयाँ दिल्ली, माघ २२ । जेट एअरवेजले विमानको माइक–सिस्टम दुरुपयोग गरेको आरोपमा पाँच एअरहोस्टेसलाई निलम्बन गरेको छ ।
उनीहरुले भारतका प्रख्यात गायक सोनु निगमलाई विमानभित्रै गीत गाउन लगाएका थिए । विमानमा चालक दलका सदस्यले प्रयोग गर्ने माइक गायक सोनु निगमलाई दिएर गीत गाउन लगाएको पाइएपछि यस्तो कारवाही गरिएको हो ।
style=”text-align: justify;”>४ जनवरीमा जोधपुरबाट मुम्बईका लागि उडान भरेको जेट एअरवेजको विमानमा सोनु निगम सवार थिए । विमानका पाँचै एअर होस्टेसले सोनु निगमलाई गीत गाउन लगाएका थिए । विमानमा सवार यात्रीले पनि गीत गाउन साथ दिएका थिए ।
विमानभित्र सोनु निगमले गाएको गीत सोशल मिडियाबाट सार्वजनिक भएपछि भारतीय नागरिक उड्डयन प्राधिकरणले यस्तो कारवाही गरेको हो । उसले विमान कम्पनीलाई घटनाबारे छानविन गर्न पनि भनेको छ । (एजेन्सी)
प्रकाशित मिति : २०७२ माघ २२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्