आइएसको हमला रोक्न सिंगो सहरलाई पर्खालले घेर्ने तयारी  | 



बग्दाद, माघ २१ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) को हमलाबाट जोगाउन इराकको राजधानी बग्दादलाई पर्खालले घेर्ने तयारी गरिएको छ ।

इराकी रक्षा मन्त्रालयका प्रवक्ता जनरल साद मानलाई उद्धृत गर्दै एपी समाचार एजेन्सीले जनाएअनुसार बग्दादलाई १० फिट अग्लो कंक्रिट पर्खालले घेर्न लागिएको हो । जताततैबाट सहरमाप्रवेश गर्न नसकियोस् र सवारी साधनलाई सघन चेकजाँच गरेरमात्र सहरमा प्रवेश गराउनका लागि निश्चित स्थानमा नाका बनाइने अधिकारीहरुको भनाई छ ।

पछिल्ला समय आइएसले बग्दादलाई निशाना बनाएर हिंसात्मक गतिविधि गर्दै आएपछि सहर सुरक्षाका लागि यस्तो निर्णय गरिएको इराकी अधिकारीहरुको भनाई छ । पर्खाल निर्माणको काम गत सोमबारबाट औपचारिक रुपमा सुरु भइसकेको छ । पर्खालसँगै खाडल पनि बनाइने भएको छ । (एजेन्सी)

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २१ गते बिहीबार