25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

खानीमा फसेका चारजना कामदारलाई ३६ दिनपछि जीवितै उद्दार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ १६, २०७२  

माघ १६ । चीनको एक खानीमा फसेका चार जना कामदारलाई ३६ दिनपछि जीवितै उद्दार गरिएको छ ।
चीनको पूर्वी सानडोङ प्रान्तमा रहेको जिप्सम खानीको सुरुङमा ३६ दिनदेखि फसेका चार जना खानी कामदारको उद्दार गरिएको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
गत डिसेम्बर २५ मा खानी भत्कँदा २९ जना कामदार जमिनमुनि सुरुङमा काम गरिरहेका थिए । त्यसमध्ये अहिलेसम्म १५ जनाको उद्दार गरिएको छ ।
एक जनाको मृत्यु भएको तथा अरु १३ जना अझै बेपत्ता छन् । ती चारै जना कामदार जमीनको सतहभन्दा दुई सय मिटर तल फसेका थिए ।
चार सयभन्दा धेरै उद्दारकर्मी अहिले पनि हराइरहेकाको खोजीमा जुटेका छन् । (एजेन्सी)

प्रकाशित मितिः शनिबार, माघ १६, २०७२     10:47:11 AM  |