बेलायतको जाडोमा ‘गोर्खा कल्चरल नाइट’को रौनक



काठमाडौं, माघ १३ । नयाँ बर्ष २०१६ को प्रारम्भसंगै ब्रिटिश गोर्खा नेपाली परिषदले बेलायतका विभिन्न स्थानहरुमा ‘गोर्खा कल्चरल नाइट’को आयोजना गरिरहेको छ । परिषदले विभिन्न सात स्थानमा बृहत सांगीतिक कार्यक्रम सामाप्त गरेको छ । थप सात स्थानमा कार्यक्रम तय भएको छ ।
कल्चरल नाइटमा भाग लिनका लागि नेपालबाट गएका गायिका सुनिता दुलाल, इन्दिरा जोशी र नृत्य निर्देशक गोविन्द राईले प्रस्तुती दिइरहेका छन । त्यसबाहेक दौलत राई, प्रनेश लिम्बु, किशोर मुखिया लगायतले नेपालीलाई नचाइरहेका छन् । रेडिंगमा भएको कार्यक्रममा गायक आनन्द कार्कीले पनि नेपालीको मन जित्न भ्याए ।‘
यि हल्लाहरु हुन् तिमीले सुनेका’, ‘भरे आउंछु सपनीमा’ र ‘बनमा फुल्यो फुल’ जस्ता चर्चित गित आनन्दले गाए । कलाकारहरु रोमियन लिम्बु, स्वस्तिका लिम्बु, नुमा लिम्बुको जोडदार नृत्यले चिसो मौसममा दर्शकलाई जिउ तताउन सहयोग पुर्‍याइरहेको छ । युकेमा बस्ने नेपालीहरुका लागि कल्चरल नाइट पर्व जस्तै भएको छ ।
इन्दिरा जोशी, सुनिता दुलाल, गोविन्द राईको प्रश्तुतीले युकेको चिसो मौसममा सांगीतिक गर्मी छाएको छ । ‘बेलायतमा बर्षौसम्म यस्तो ऐतिहाँसिक कार्यक्रमहरु भएको थिएन, धेरै नेपालीहरुको मन जित्न सफल भएका छौं’, परिषदको कलाकार विभाग प्रमुख रोमियन लिम्बुले भनिनः‘कार्यक्रमले नेपालीको मनलाई एकसुत्रमा बाँधेको छ ।’
नेपाली कला, संगीत, साहित्य, खेलकुद र पत्रकारितालाई विश्वभर प्रबद्र्धन गर्ने उदेश्यले स्थापना गरिएको ‘ब्रिटिस गोर्खा नेपाली परिषद’ले एकमहिनासम्म ‘गोर्खा कल्चरल नाइट’को आयोजना गरिएको अध्यक्ष एकराज नेम्बाङले जानकारी दिए । ‘बेलायतका नेपालीहरुमाझ यो कार्यक्रम पहिलो र नौलो हो, हामी उत्साहित छौं, उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ १३ गते बुधबार