काठमाडौं, माघ १३ ।
भारतको नयाँ दिल्लीबाट बुधबार काठमाडौं आउन लागेका दुईओटा विमानमा ‘बम रहेको धम्की’पछि उडान रोकिएको छ ।
दिल्लीबाट काठमाडौं आउन लागेको एअर इन्डियाको ‘एआइ२१५’ र जेट एअरवेजको ‘९डब्लु२६०’ विमानमा बम भएको फोनमार्फत् धम्की आएपछि विमानलाई दिल्लीको आइजीआइ विमानस्थलमै रोकिएको हो ।
/>उक्त विमानस्थलबाट ती दुई विमानले काठमाडौं उडान भर्न लागेका थिए । सोही समयमा एक अज्ञात व्यक्तिले फोन गरेर ती दुबै विमानमा बम भएको बताएपछि उडान रोकिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
बमको हल्लालगत्तै दुबै विमानबाट चालक दलका सदस्य र यात्रुलाई बाहिर निकालेर सुरक्षाकर्मीहरुले खानतलासी गरिरहेको जनाइएको छ । छानबिनपछि दुबै विमानलाई उडान अनुमति दिइने छ । जेट एअरवेजमा १२२ यात्री सवार थिए ।
गत सोमबार पनि दिल्लीबाट काठमाडौं आउन लागेको ‘स्पाइस जेट’ विमानमा बम भएको हल्ला चलेको थियो । त्यसपछि सो विमान विमानस्थलमै रोकेर खानतलासी गर्दा केही नभेटिएपछि काठमाडौंतर्फ उडेको थियो ।
प्रतिक्रिया दिनुहोस्