19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

भारतमा गणतन्त्र दिवस मनाइदैं

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२  

काठमाडौं, माघ १२ । छिमेकी मुलुक भारतले आफ्नो ६७ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

गणतन्त्र दिवसका अवसरमा नयाँ दिल्लीस्थित राजपथमा गरिएको कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रिय झन्डा फहराउनुभएको छ । राजपथमा गरिएको मुख्य कार्यक्रमअघि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डिया गेटमा पुगेरसहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।

यस वर्षको भारतीय गणतन्त्र दिवसमा मुख्य अतिथिमा फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द नयाँ दिल्ली पुगेका छन् । गणतन्त्र दिवसका अवसरमा भारतले आफ्ना आर्थिक, सामाजिक विकास र सैन्य कलासमेत प्रदर्शन गरेको छ ।

गणतन्त्र दिवसका क्रममा अप्रिय घटना हुन नदिन नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्लीका अधिकांश स्थानमा प्रहरीसहित अर्धसैनिक बल खटाइएको छ ।

भारतमा गणतन्त्र दिवस मनाउने परम्परा सन् १९५० देखि शुरु भएको हो । भारतले आफ्नो संविधान जारी भएको दिन हरेक वर्ष २६ जनवरीलाई गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । (एजेन्सी)

– See more at: http://www.imagekhabar.com/samachar/detail/58059/28/.meroml#sthash.A0vWWPtZ.dpuf – See more at: http://www.imagekhabar.com/samachar/detail/58059/28/.meroml#sthash.A0vWWPtZ.dpuf

प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२     2:18:47 PM  |