११-माघ / दुई बर्ष अघि रुकुमको रुकुमकोटमा पहिलो कमलदह पर्यटन महोत्सब आयोजना गरियो । महोत्सबको उद्घाटनमा आएका तत्कालिन गृह तथा उपप्रधान मन्त्री बामदेब गौतमलाई काम्लो रुकुमको चिनो स्वरुप दिईयो ।
भेडाको उनबाट बनेको काम्लो पाउँदा उपप्रधान मन्त्री गौतम खुसि मात्र भएनन् पुर्बी रुकुम कला र संस्कृतिको धनी रहेको उल्लेख गर्दै आफ्नो पुर्खा समेत पुर्बी रुकुमकै रहेको बयान गर्न समेत भ्याए । जिल्ला विकास समिति रुकुमको यसअघिको जिल्ला परिषद उद्घाटनको लागि पुर्ब शान्ति तथा पुनर्निर्माण मन्त्री तथा एमाओबादीका नेता जनार्दन शर्मा, दलजित शिर्पाली, मिठ्ठु मल्ल सहित जिल्ला स्थित सबै सभासद तथा पर्बु मन्त्रीहरु आए ।
उनीहरुलाई जिल्ला विकास समितिले रुकुमको कोशेली स्वारुप अल्लोबाट बनेको कोट देखि झोला सम्म बितरण गरियो । जिल्ला परिषद्मा बोल्ने अतिथिहरुले रुकुमको अल्लो कपडा तथा राडिपाखिको कम्ता बयान गरेनन् । अल्लो बाट बनेको कोट रुकुमका स्थानीय विकास अधिकारी भरतकमार शर्माले अतिथि शर्मालाई दिएपछि उनले आफुले त्यसअघि लगायतको कोट छराएर त्यहि लगाए ।
अतिथि शर्माले देश देखि बिदेश सम्म ख्याति कमाएको अल्लो कपडा तथा राखिपाखी रुकुमको एउटा प्रतिष्ठित व्यवसाय रहेको बताउदै त्यसको संरक्षण, संवद्धन र व्यवसायिकरणमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने समेत बताए । माथी उल्लेखित प्रसंगहरु केहि उदाहरण मात्र हुन जिललामा हुने महत्वपुर्ण कार्यक्रमहरुमा प्रायः यसरीनै जिल्लामै उत्पादित उल्लो तथा ऊनबाट बनेका कपडाहरु मायाको चिनोको रुपमा प्रदान गरिन्छ ।
रुकुम ५२ पोखरी ५३ टाकुरी, तरकारी विउ उत्पादन र पर्यटकीय सम्भावना बोकेको जिल्ला मात्र होईन अव अल्लो कपडा र राडीपाखी उत्पादनको जिल्ला भनेर पनि चिनिन थालेको छ । स्थानिय रुपमा पाईने अल्लो, भेडा बाख्राको ऊन, केतुके, केरा लगाएतका रेसावाट निर्माण गरिने स्वीटर, गलबन्दी, जाकेट, रुमाल, कम्मल, टोपी लगाएतका आर्कषण कपडा घरेलु उद्योग तान मार्फत पछिल्लो समय व्यावसायिक रुपमा उत्पादन रुकुममा हुन थालेको छ । जिल्लाको पुर्बि गाबिसहरुमा यसको सबैभन्दा बढी उत्पादन हुने गरेको छ ।
जसमा तकसेरा, कोल, राँङसी, सिस्ने, हुकाम ,मैकोट ,जाङ र काक्री लगाएतका दुई दर्जन बढी गाविसहरु रहेका छन । जसमा बढीभन्दा बढी यस कार्यमा महिलाहरु नै सहभागि भएका छन । महिलाहरुले व्यावसायिक तरिकाले राडिपाखि उत्पादन गर्न थालेपछि उनीहरुको जिविकोपार्जनको श्रोत नै यहि पेश बन्न थालेको छ । राडिपाखि उत्पादन गरेर रुकुमको पुर्बि गाबिसहरुका ग्रामिन महिलाहरुलाई मात्र फाईदा भएको छैन, यसले जिल्लाको अर्थतन्त्रमा समेत ठुलो योगदान पु¥याएको छ ।
राडीपाखी बेचेर बर्षेनी लाखौ रुपैयाँ जिल्लामा भित्रिन्छ । यहाँ उत्पादित राडीपाखीहरु जिल्लाका स्थानिय बजार देखि सदरमुकाममा मात्र होईन बाहिरी जिल्लाहरु दाङ, नेपालगन्ज ,वुटवल, नारायणघाट,पोखरा, काठमाण्डौ लगाएत विदेशमा समेत ठुलो मात्रमा निर्यात हुने गरेको छ । कम लगानीमा स्थानिय कच्चा पदार्थको प्रयोग गरेर राम्रो कमाई हुने भएपछि यो व्यवसायमा आर्कषण वढेको उत्पादकहरु बताउछन ।
घरेलु रुपमा बुनेका राडीपाखी वलियो मात्र नभई भरपर्दो र गुणस्तरीय समेत हुने भएकाले रुकुमको वजारमा यसको माग वढेको स्थानिय राडीपाखी व्यापारीहरु बताउछन । महिलाहरुले बनेका राडीपाखी जिल्लामा आउने कर्मचारी, सुरक्षाकर्मि आन्तरिक तथा वाह्य पर्यटकहरुले जिल्लाको चिनोको रुपमा लिने गरेका छन । रुकुमको स्थानिय बजारमा एउटा राडीपाखीको मुल्य १५ सय देखी ५ हजार सम्म रहेको छ । त्यस्तै अल्लोधागोबाट बनेको कोट ५ हजारदेखि १० हजार सम्ममा बिक्रि बितरण हुने गरेको छ ।
राडीपाखी बुनेरै तकसेराकी कमला घर्तिले मासिक १५ हजार बढी आम्दानी गर्छिन । कम लगानी र घरेलु सामाग्रीवाट नै यो व्यवसाय सञ्चालन गर्न सकिने भएपछि महिलाहरुले यो व्यावसाय अंगालीरहेको उनको भनाई रहेको छ । जिल्लामा राडीपाखी व्यवसाय गर्नेहरुको एकिन तथ्याङ नभएपनि २ हजार भन्दा बढी महिलाहरु यो व्यवसाय अपनाएको हुनसक्ने घरेलु तथा साना उद्योग विकास समिती रुकुमले जानकारी दिएको छ ।
कार्यालयका अनुसार समय समयमा समिती राडिपाखि बुनाई सबन्धी तालिमहरु संचालन गर्दै आएको छ भने बिभिन्न निकायहरुको सहयोगमा स्थानीय गैरसरकारी संस्थाहरुले समेत तालिमहरु सञ्चालन गरि व्यवसायमा थप सहयोग र व्यवसायिकरणमा टेवा पु-याईरहेका छन । त्यस्तै सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयहरुको व्यवस्थापनमा जिल्लामा उत्पादन हुने सबै प्रकार सामाग्रीहरु एकै ठाउँमा ग्राहकहरुले पाउन भनेर सदरमकाम खलंगा रुकुम कोशेली घरको समेत स्थापना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्