25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘भारत सरकारसँग नेपाल सरकार नैतिक युद्ध लडिरहेको छ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ १०, २०७२  

सुर्य ढकाल

 

विरोधहरुलाई चिर्दै नयाँ सविधान मुलुकले पाएको छ । हिजोको सामान्ती निरंकुश, वर्णवादी, केन्द्रीकृत, एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबैखाले विभेद र उत्पीडनको अन्त्य आज सवैधानिक हिसावले भएको छ । सविधान जारी भए पछि मुलुक एउटा युगवाट आर्को युगमा प्रवेश गरेको छ । छ दशक लामो नेपाली जनताको संघर्ष र आठ वर्षको अथक प्रयासबाट प्रगतिशिल विचार बोक्नेहरुले जारी गरेको सविधानमा अधिकांश समुदायका अधिकारहरु बन्चीत भए भनि भ्रामक प्रचार गरिएको छ ।
यो सविधान जारी हँुदा मुलुक राजतन्त्रबाट गणतन्त्र तर्फ, अधिनायकवादबाट लोकतन्त्रतर्फ, एकात्मकबाट संघीयतातर्फ, हिंसा र अशान्तिबाट दिगो शान्तितर्फ अस्थिरताबाट स्थायी शान्तितर्फ, विभेद र असमानताबाट सामाजिक न्याय तर्फ र दरिद्धबाट समृद्धितर्फ मुलुक रुपान्तरण हुन गई रहेको हुँदा यथास्थितिवादी, प्रतिक्रियावादी, सामान्तवादी र जमिन्दारीहरुले खाई पाई आएको विरासत गुम्ने खतरा भएकै कारण आज सविधानका अन्तर वस्तुहरु जनताको बीचमा पु¥याउन दिएका छैन । आज भन्दा १६८ बर्ष पहिले कार्ल माक्र्सले कम्युनिष्ट पार्टीको घोषाण पत्र जारी गर्ने सन्र्दभको उल्लेख गर्दै युरोपमा एउटा हाउ घुमिरहेको छ । साम्यवादको हाउ । यस हाउलाई धपाउन भनेर पोप, जार, मेटर्निख, गीजो, फेन्च उग्रवादी र जर्मन पुलिस अर्थात पुरानो युरोपका सारा सत्ताधारीहरु एक भएर लागेका
छन् । अब कम्युनिष्टहरुले सम्पुर्ण संसारको अगाडि आफना विचारहरु, आफना उदेश्यहरु, आफना प्रयासहरु, खुलस्त बताउनु परेको छ । पहिलो सविधान सभावाट मुलुकले सविधान पाउन नसके पछि दोसो सविधान सभावाट जनताको प्रतिनिधिहरुले नेपालको सविधान २०७२ असोज ३ गते जारी गर्न सफल भएका
छन् । सविधान जारी भए पछि अहिले बजारमा एउटा अफाव फैजाउन खोजिएको छ । सविधानमा जनजातिका, मधेशीका मुद्धाहरु, दलितका, पिछडिएका वर्गहरुका मुद्धाहरु सविधानमा समेटिएको छैन भनि हाउ पिटिएको छ । जसरी कम्युनिष्ट पाटीको घोषण पत्र जारी गरेर हाउ हटाने काम कार्यमाक्र्सले गरेका थिए । संविधानको विरोधमा फैलाइएको यो हाउलाई तिने महिने अभियानमा जनतालाई सविधानका विषयमा सचेत सगठित गरी हाउ हटाउने काममा आम कार्यकर्ताहरुलाई परिचालित गरेको छ ।
नेकपा एमाले केन्द्रिय कमिटीको आयोजनामा सविधान घोषणापछिको स्थिति र पार्टीले चाल्नुपर्ने कदमहरु शीर्षकमा यहि मंसिर २१ र २२ गते चितवनमा राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरेको छ । उक्त भेलाले सविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान २०७२ अभियानले सविधानको घोषाण ऐतिहासिक उपलव्धि अवको लक्ष्य राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि भन्ने उद्देश्य अनुसार यस जिल्लामा उक्त अभियान सफल पार्न पुष १३ गते नेकपा एमाले जिल्ला कमिटी बाँकेको बैठक सम्पन्न भएको छ । चीनमा देङ्गसाउपिङ्ग नेतृत्वमा आउँदा चिन निमार्णको आधार
बन्यौ । मदन भण्डारी नेतृत्वमा आउँदा ०४६ सालको जनआन्दोलन र जनताको बहुदलीय जनवाद आउन सक्यौ । केपी कमरेड नेतृत्वमा आए पछि राष्ट्रिय राजनीतिको केन्द्र भागमा नेकपा एमाले स्थापति भएको छ नेकपा एमाले माथि लागेका आरोपहरु खण्डति भएका छन् । केपी ओलीको नेतृत्वमा मुलुकले नयाँ सविधान प्राप्त गरेको छ सविधानको सफल कार्यँन्वयन र सम्वृद्ध नेपालको निमार्ण गर्ने दाहित्व तथा अभिभार थपिएको छ ।
विश्व सविधानका मुलभुत मान्यताहरु यो सविधानले बोकेको छ । यो प्रगतिशिल छ । यो जनताको प्रतिनिधिहरुले बनाएको सविधान हो । राष्ट्रियता सार्वभौसत्ता राष्ट्रिय एकता सामाजिक सदभावलाई आत्मसाथ गरेको छ । ९० प्रतिशतको समर्थन छ । मधेश आन्दोलन र भारतको अघोषित नाकावन्दीले नेपालको अर्थतन्त्र तहस नहस हुँदै गएको अवस्थमा नवौं राष्ट्रिय महाधिवेशनवाट निर्वाचित पार्टी अध्यक्ष क. केपी शर्मा ओलीले राष्ट्रिय राजनीति तथा सविधान निमार्णमा खेलेको भुमिका तथा पार्टी भित्रको आन्तरी एकता र वर्षौ देखि बिना कारण एमाले माथी लागेको आरोपहरुलाई खण्डीत गर्ने काममा खेलेको महत्व पुर्ण भुमिका कारणले नेकपा एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा उभिन सफल भएको छ । आम पार्टी पंक्तिमा उत्साह बढेको छ । पार्टी निमार्णमा नेतृत्वको महत्वपूर्ण भूमिका रहँदो रहेछ । नेतृत्व सवल सक्षम र दुरदृष्टि राख्ने भयो भने समग्रपार्टी मुलुक जनजिवनमा प्रत्यक्ष पभाव पदर्छ नेतृत्व भनेको सैद्धान्तिक रुपमा सवैभन्दा चेतनशील, अगुवा सगठित अनुशासीत र मजदुर वर्गको प्रतिनिधि सामाजको अभिभावक हो ।
हामी जुन सुकै समुदाय,वर्गजाति, भाषा, धर्म संस्कृती, लिङ्ग वा क्षेत्रको भए पनि सार्वभौम अधिकार सम्पन्न स्वभिमानी नेपाली नागरीक भएका छौ । संघिय लोकतान्त्रीक गणतन्त्र सस्थागत भएको छ । दिगोशान्ती सुशासन, विकास र समृद्धको नयाँ ढोका खुलेको छ । समानुपातिक, समावेशी सहभागितामुलक सिद्धान्तका आधारमा आर्थिक समानता, सामाजिक न्याय, समानतामुलक समाज निर्माण गर्ने र लोकतान्त्रीक व्यवस्थालाई सुदृढ गर्दै नेपाली समाजलाई समाजवादी व्यवस्थामा रुपान्तरण गर्ने नयाँ आधार पैदा भएको छ । नेपाल बहुजाति, बहुभाषीक, बहुधार्मीक, बहुस्कृतिक, तथा भौगौलिक विविधितायुक्त देश हो । हिजोको सामान्ती, निरकुंश, वर्णवादी, केन्द्रीयकृत राज्यव्यवस्थाले सिर्जना गरेका सबै खाले विभेद र उत्पीडाको अन्त्य आज सवैधानिक हिसावले भएको छ । यति धेरै विविधता भएको मुलुकमा एउटै साझा डकुमन्टमा सवै विषय समेटन सजिलो कुरा होइन । मुल कुरा आफनो र आफनो समुदायका माग र मुद्धाहरु समावेश भए भएनन भनेर भन्दा पनि सविधानका विश्वव्यापी मान्यता अन’रुप लोकतन्त्र मानवअधिकार, सामाजिक न्याय, स्वतन्त्रता, समनाता, समावेशी आदि जनताको आधारभुत अधिकारहरु सविधानमा भए नभएको आधारमा सविधानको म’ल्याकन हुनु पर्छ । सविधान अग्रगामि परिर्वतनको पक्षमा छ कि छैन ,शान्ति सुसासन, विकास र समृद्धिको जनकाक्षा पुरा गर्न सविधान गतिशिल छकि छैन । महत्वपुर्ण कुरा हो ।
छ दशको सघर्ष र आठ वर्षको अथक प्रयासवाट मुलुकले नयाँ सविधान प्राप्त गर्दा विभिन्न मित्रराष्टहरुले सविधानको स्वागत
गरे । नेपालीको खुशिमा खुशि
मिलाए । तर मित्रराष्ट भारतले हाम्रो खुशिमा खुशि मिलाउन सकेन । सविधान जारी गर्ने सन्दर्भ वा समयमा भारत नेपाल भारतको इसारामा सबै काम हुन्छ र हुने गरेको छ भन्ने सन्देश दिन खोजेको
थियो । त्यो काम हुन नेकपा एमालेका अध्यक्ष क केपी शर्मा ओलीले दिएनन् । यो काम नेकपा एमालेका नेता कार्यकर्ता, शर्मथक शुभचिन्तकको लागि मात्र नभएर सवै देश बासिको लागि खुशिको विषयम हो । त्यही राष्ट्रिय भावनाको साथ यो सरकार गठन पनि भएको हो । नेपालको इतिहासमा १८१६को सुगौलि सन्धीपछि पहिलो पटक दृढ अडानका साथ राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र नेपाली स्वभिमानको लडाई लडिरहेको छ । वर्तमान सरकार भारत सरकारसँग नैतिक युद्ध लडिरहेको छ । इतिहासमा कुनै बेला थियो ढुंगा मुढा भाला खुकुरीको युद्ध । समाज विकास क्रम अनुसार लडाकु विमान, क्षेष्यास्त्र, आवणिक, जैविक रासायनिक हतियार आदि आधुनिक हतियारहरुको विकास भए । आजको २१ औ शताव्दीको विज्ञान र प्रविधिको युग, सुचना र सञ्चार र ग्लोबलाईजेसन को युगमा विकसित हँुदै गरेको मानव चेतना, मानवता, मानवअधिकार, विश्ववन्धुत्व, लोकतान्त्रीक, मुल्य मान्यता र सम्यताको युगमा यस्ता हतियाहरु काम नलाग्ने हुन
थालिसके । आजको सव्य दुनियाका आगाडि नेपाल भारत सरकार सग नैतिक म’ल्य मान्यताको लडाहि लडि रहेको छ ।
हाम्रा अग्रजहरुले पानी पनि नखाई ढुंगा मुडाले लडेर बचाएको मुलुक बरु लडेर मेर पिठयुँ फर्काएर भागेनन हामी पनि राष्ट्रिय स्वाधिनता,देशको स्वतन्त्रतता, सार्वभौकिता र भागौलिक अखण्डताको लागि जस्तासुकै कष्ट पीडा सहन तयार छौ । के नेपाल स्वतन्त्र सार्वभौम राष्ट्र होइन ? नेपाली जनताले आफुले निर्वाचित गरेका जन प्रतिनिधिहरुवाट लोकतान्त्रीक विधि प्रकृया,पद्धति अनुरप सविधान जारी गर्न सक्दैन । भारतले दुनियाको अगाडि अघोषित नाकावन्दी गरेर नाकावन्दी गरेको छैन भनेर ढाँटिरहेको छ । झुटको साहारा लिइरहेको छ । यो नैतिक युद्धमा नेपालीले जित्ने सुनिश्चित छ ।

प्रकाशित मितिः आइतवार, माघ १०, २०७२     12:57:53 PM  |