सुर्य ढकाल
सविधान जारी भए पछि मुलुक एउटा युगबाट आर्को युगमा प्रवेश गरेको छ । छ दशक लामो नेपाली जनताको सघर्ष र आठ वर्षको अथक प्रयासबाट प्रगतिशिल विचार बोक्नेहरुले जारी गरेको सविधानमा अधिकास समुदायका अधिकारहरु बन्चीत भए भनि भ्रामक प्रचार गरिएको छ । यो संविधान जारी हुँदा मुलुक राजतन्त्रबाट गणतन्त्र तर्फ, अधिनायकवादबाट लोकतन्त्रतर्फ, एकात्मकबाट सडंघियता तर्फ, हिंसा र अशान्तीबाट दिगो शान्ति तर्फ अस्थिरताबाट स्थायी शान्तितर्फ, विभेद र असमान्तबाट सामाजिक न्याय तर्फ र दरिद्धबाट समृद्धितर्फ मुलुक रुपान्तरण हुन गई रहेको हँुदा यथास्थितिवादी, प्रतिक्रियावादी, सामान्तवादी र जमिन्दारीहरुले खाई पाई आएको विरासत गुम्ने खतारा भएकै कारण आज संविधानका अन्तर वस्तुहरु जनताको विचमा पुराउन दिएका छैन् । आज भन्दा १६८ बर्ष पहिले कार्ल माक्र्सले कम्युनिष्ट पार्टीको घोषाण पत्र जारी गर्ने सन्र्दभको उल्लेख गर्दै युरोपमा एउटा हाउ घुमिरहेको छ । साम्यवादको हाउ ।
यस हाउलाई धपाउन भनेर पोप, जार, मेटर्निख, गीजो, फेन्च उग्रवादी र जर्मन पुलिस अर्थात पुरानो युरोपका सारा सत्ताधारीहरु एक भएर लागेका
छन । अब कम्युनिष्टहरुले सम्पुर्ण संसारको अगाडी आफ्ना विचारहरु, आफना उदेश्यहरु, आफना प्रयासहरु, खुलस्त बताउनु परेको छ । पहिलो संविधान सभाबाट मुलुकले संविधान पाउन नसके पछि दोस्रो संविधान सभाबाट जनताको प्रतिनिधिहरुले नेपालको संविधान २०७२ असोज तिन गते जारी गर्न सफल भएका छन । संविधान जारी भए पछि अहिले बजारमा एउटा अफाव फैजाउन खोजिएको छ । सविधानमा जनजातिका, मधेशीका मुद्धाहरु, दलितका, पिछडिएका वर्गहरुका भुद्धाहरु संविधानमा समेटिएको छैन भनि हाउ पिटिएको छ । जसरी कम्युनिष्ट पार्टीको घोषण पत्र जारी गरेर हाउ हटानेकाम कार्यमाक्र्सले गरेका
्रथिए । सविधानको विरोधमा फैलाईएको यो हाउलाई तिने महिने अभियानमा जनतालाई संविधानका विषयमा सचेत संगठित गरी हाउ हटाउने काम गरिने छ ।
नेकपा एमाले केन्द्रिय कमिटीको आयोजनामा सविधान घोषणपछिको स्थिति र पार्टीले चाल्नुपर्ने कदमहरु शीर्षकमा यहि मसिर २१ र २२ गते चितवनमा राष्ट्रिय कार्यक्रता भेला सम्पन्न गरेको छ । उत्त भेलाले संविधान कार्यान्वयन र राष्टिय एकता सुदृढीकरण अभियान २०७२ अभियानले संविधानको घोषाण ऐतिहासिक उपलब्धि अवको लक्ष्य राष्ट्रिय एकता सुदृढीकरण र देशको समृद्धि भन्ने उद्देश्य अनुसार यस जिल्लामा उत्त अभियान सफल पार्न पुष १३ गते नेकपा एमाले जिल्ला कमिटी बाँकेको बैठक सम्पन्न भएको छ । चीनमा देङ्गसाउपिङ्ग नेतृत्वमा आउँदा चिन निमार्णको आधार बन्यौ । मदन भण्डारी नेतृत्वमा आउँदा ०४६ सालको जनआन्दोलन र जनताको बहुदलीय जनवाद आउन सक्यांै ।
केपी कमरेड नेतृत्वमा आए पछि राष्ट्रिय राजनीतिको केन्द्र भागमा नेकपा एमाले स्थापति भएको छ नेकपा एमाले माथि लागेका आरोपहरु खण्डति भएका छन् । केपी ओली को नेतृत्वमा मुलुकले नयाँ संविधान प्राप्त गरेको छ संविधानको सफल कार्यन्वयन र सम्वृद्ध नेपालको निमार्ण गर्ने दाहित्व तथा अभिभार थपिएको छ । बाँकेको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षतामा क. नन्दलाल भए पछि जसको नेतृत्वमा ०४६ सालको जनआन्दोलन पछि ससदिय निर्वाचन विजय पाप्त गर्न नसकेको बेला ०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा बाँकेका संविधान सभामा तिन सिट नेपालगंज, कोहलपुर उद्योग व्यापार संघ शिक्षक युनियन र पत्रकार महासंघ लगायत अधिकास संघ संस्थाको निर्वाचनमा हामीले विजय प्राप्त गर्न सफल भएका छांै । त्यसको जस क. नन्दलाल रोकायको नेतृत्व माथी जान्छ भन्न कुनै दुविधा मानु पर्ने छैन् । इमान्धारीत र वैचारिक कामलाई पहिलो प्रथामिकता दिएकै कारण यो सफल प्राप्त भएको हो । छल, कपट, वैमानि र र्दुताहि विरोधी तथा वैरिहरु माथी गर्ने हो आफ्ना कार्यकर्ता माथी त मित्रवत व्यवहार गर्नु नै कम्युनिष्ट आचरण भन्ने सालिन व्यतित्वकै कारण नन्दलाल कमरडेको पालामा बाँकेमा पार्टी निमार्णको काम विगतको भन्दा तिर्व गतिम भएकै कारण सफल भएको हो । साचांै मुल्याङ्क नेतृत्वबाट बिदा भए पछि हुँदो रहेछ आज पार्टी अफिसमा क. नन्दला रोकाया र गोपाल गिरी लगाएत अग्रज नेताहरुको चर्चा परिचर्चा हुने गदर्छ त्यसको जगमा विगतको काम सगठन निमार्ण र जनपरिचालनमा खेलेकै भुमिका कै कारण यस जिल्लामा लामो समय देखि नेतृत्व गर्दै आएका बाबुरामा गौतमा, नन्दलाल रोकाया, रोहर्मधिताल, महेन्दशर्मा, बेदनिधि व्याकुरेल, रामदास थारु, हरिभक्त अधिकारी प्रेम भुषाल, नन्दलाल विश्वकर्मा, डम्बर सुवेदी शान्ती ढकाल, गोपाल गिरी शिव डोटेल, लगायतका नेताहरुले यो अभियानमा सक्रिय सहभातिता रहने मात्र होइन मतहतका कार्यक्रताहरुले तिन महिने अभियान अग्रज नेताहरुको नेतृत्व र सहभागितामा गर्ने सुझाव तथा दवाव दिए पछि चारै निर्वाचन क्षेत्रमा रामदास थारु, महेन्द शर्मा, रोहर्मश धिताल र बावुरामा गौतमको नेतृत्वमा यस जिल्लाम रहेका केन्द्रिय निकाय देखि जिल्ला कमिटीका पुर्व सदस्यहरु समेत रहेको टोली निमार्ण गरिएको छ । यो अभियान पश्चात हाम्रो सिडगो पार्टी पडितिले नेपालको सविधानको मुख्य अन्तर वस्तुको बारेमा जानकारी प्राप्त गर्ने छन ।
विश्व संविधानका मुलभुत मान्यताहरु यो संविधानले बोकेको छ । यो प्रगतिशिल छ । यो जनताको प्रतिनिधिहरुले बनाएको सविधान हो । राष्ट्रियता सार्वभौसत्ता राष्ट्रिय एकता सामाजिक सद्भावलाई आत्मसाथ गरेको छ । ९० प्रतिशतको समर्थन छ । मधेश आन्दोलन र भारतको अघोषित नाकाबन्दले नेपालको अर्थ तन्त्र तहस नहस हुँदै गएको अवस्थमा नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष क. केपी शर्मा ओलीले राष्ट्रिय राजनीति तथा संविधान निमार्णमा खेलेको भुमिका तथा पार्टी भित्रको आन्तर एकता र वर्षौ देखि बिना कारण एमाले माथि लागेको आरोपहरुलाई खण्डीत गर्ने काममा खेलेको महत्व पुर्ण भुमिका कारणले नेकपा एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा उभिन सफल भएको छ । आम पाटी पक्तीमा उत्सहा बढेको छ । पार्टी निमार्णमा नेतृत्वको महत्व पुर्ण भुमिका रहदो रहेछ । नेतृत्व सवल सक्षम र दुरदृष्टि राख्ने भयो भने समग्रपार्टी मुलुक जनजिवनमा पत्यक्ष पभाव पदर्छ नेतृत्व भनेको सैद्वान्तिक रुपमा सवैभन्दा चेतनशील, अगुवा संगठित अनुशासीत र मजदुर वर्गको प्रतिनिधि सामाजको अभिभावक हो । वैचारिक काम, संगठन निर्माण तथा परिचालन र समान्य तथा पार्टी भित्रको आन्तरिक एकता र विकास निर्माणका नेतृत्व गर्ने काम गरिने छ । यस अभियानमा यस जिल्लामा रहेका ३५०० सगठित सदस्य र नयाँ फारम भरेका सदस्यहरुहरुलाई पुर्ण रुपमा परिचालन गरिने छ । चारै निर्वाचन क्षेत्र र ३४ गाविस २ नगरपादीका र सवै जनवर्गिय संगठनहरुको भेला बैठक तथा प्रशिक्षणको आयोजना गरिने छ । जिल्ला स्तरिय भेला प्रशिक्षणको आयोजना गरिने छ । सविधानका अन्तरवस्तुहरुको विषयमा विचार गोष्टिको आयोजना गरिने छ । प्रत्येक गाविसबाट कम्तमिा ५०का दरले फाल्गुन १९ गते गर्ने खुला आम सभामा ३५०० भन्दा बढीलाई पार्टी प्रवेश गराई ने छ । वर्ग संघर्ष र वर्गिय आन्दोलनको बारेमा प्रशिक्षत गरिने छ । सवैलाई एउटा जात समुदाय खोला नाला भेकको मात्र नेता नभएर समग्रको नेताको रुपमा स्थापित गरिने छ । संविधाका मुल भुत विषयका बारेमा विभिन्न भाषामा प्रर्चा प्रकासित गरिने छ । यस तिन महिने अभियानबाट
क) सविधान निमार्णमा पार्टीले खेलेको भुमिका पस्ट पार्ने छ ।
ख) सविधानले सुनिश्चित गरको सडघिय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, सडद्धियता र समावेहिता धर्मनिरपेक्षता, राष्ट्रिय हितको पहिचान र सम्वृद्धन जस्ता विषयमा भएका भ्रम अन्यौल र गतल प्रचाहरु खण्डित गरिने छ ।
ग) विभिन्न समुदायबिचमा फैलाउन खोजिएको अविश्वास दुरी र तिक्ततालाई कम पारिने छ ।
घ) नेपालको आन्तरिक समस्यालाई लिएर भारतबाट भईरहेका हस्तक्षेपकारी र अवाञ्छित व्यवहार तथा नाकाबन्दीलाई आलोचना र खण्डन गर्ने भावको विकास हुनेछ ।
ङ) पार्टीले प्राप्त गरेको लोकप्रियता तथा प्रतिष्ठालाई संगठनात्मक जीवनमा रुपान्तरण गर्ने अभियानले सघाउ पु¥याउने छ ।
च) आधार भुत तहमा पार्टी कमिटीहरु ीक्रयाशिल हुने छन र जनता बिचको सम्बन्ध सुदृढ हुनेछ ।
घर माथी अर्कोले दावा गरेको बेला घर भित्रको कोठा र डसनानको दावाको कुनै अर्थ छैन । राष्ट्रियता स्वभिमान नै मुलुकमा रहेन भने हामीले प्राप्त गरेका अधिकारहरको कुनै अर्थ छैन । नेकपा एमालेले आफनो स्थापना काल देखी नै राष्ट्रियता जनजीविका र जनवादको पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ । जनतालाई सचेत र संगठित गर्ने काम गरेको कारण आज यी परिवर्तनहरु संस्थागत हुन सफल भएको हो । राजनीतिक परिर्वतन भएता पनि आर्थिक सँस्कृतिक परिवर्तन भने हुन नसको अवस्था वैशाख १२ गते आएको महाभूकम्प झैण्डै चार महिना देखिको मधेस आन्दोलन र संविधान जारी गरेपछि भारतले लगाएको अघोषित नाकाबन्दीले हाम्रो अर्थव्यवस्थालाई थिलोथिलाले पारेको अवस्था छ भने देशकै सर्वाच्च पदमा आसिन राष्ट्रिपतिलाई समेत विधुवा भनेर अपमान गर्नेहरुले आफ्नो गाउँ ठाउँमा रहेका ग्रामिण महिलाहरुलाई कति अपमान गरेका होलान मधेशी मार्चाका नेता तथा कार्यक्रताहरुले मधेश क्षेत्रमा अझै पनि दलितका छोरा छोरी स्कुल जाने अवस्था छैन । तराईमा असाध्यै पछाडि परेका र पारिएका डोम मुसर र चमारको विषयमा मधेशी मोर्चाहरुले मुद्धा बनाएको कहिलै सुनिदैन । मधेशकी छोरीलाई नागरिकता दियो भने बाबुको सम्पतिमा आफ्नो अधिकार दावा गदर्छ । लोग्नेले पनि विवाह गरी सके पछि आफ्नी श्रीमतीलाई नागरिकता दिन चहाँदैन सम्वन्धविच्छेद भए लोग्नेको सम्पति माग गदर्छ भनेर । नागरिकता नभएर आज तराईका महिलाहरु अस्तीत्वविहिन भएका
छन । तर मधेशी मार्चाहरु अंगिकृत नागरिकता प्राप्त गर्नेहरु मुलुकै सर्वौच्च पदमा आसन गर्ने पाउनु पदर्छ भनि मुद्धाहरुलाई अन्त्यै डाहिवड गर्ने खोजि रहेका छन । ताकि पुस्तांै देखि आफुले खाँदै आएको सेवा सुविधा आर्को हातमा नजाऔस् । संविधानसभाबाट संविधान जारी गर्ने सवाहमा नेकपा एमालेले खेलेको भुमिका, पार्टी भित्र देखिएको एकता र केन्द देखि वडा तहसम्म सक्रिय संगठनीक सञ्जाल कै कारण अहिले फेरी एकपटक चारै तर्फबाट एमालेलाई आक्रमण गर्न खोजिएको छ । यस अभियानमा नेकपा एमालेका नेता कार्यक्रताहरुले राजनैतिक रुपमा आम जनतालाई मुलुकले भोग्नु परेको पिडा राष्ट्रियता आत्मस्भिमान र आत्मर्निभरताका विषयलाई नयाँ सविधानको जगमा प्रकासमा जनतालाई सचेत र संगठित गर्दै कम्युनिष्ट आन्दोलनको मात्र होइन लोकतान्त्रकि शक्तिको समेत मुल प्रभावको स्थापित गर्न सफल हुने छ । एमालेसँग पौठेजारी खोज्नेहरु लडाईको मैदानबाट भाँचिएको धनुलिएर पिठीयौ र्फकाएर भाग्ने छन ।
प्रतिक्रिया दिनुहोस्