19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

अष्टिनमा भव्य कार्यक्रम गर्दै जन सम्पर्क समिति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस २०, २०७२  

के सी शेर
अष्टिन टेक्सास
नयां वर्ष २०१६ को अवसर पारेर नेपाली जन सम्पर्क समिति अष्टिन च्याप्टरले टेक्सासको अष्टिनमा भव्य कार्यक्रम गर्ने भएको छ । दुई दिन लगाएर गर्न लागेको भव्य कार्यक्रम अन्र्तगत आउंदो ९ तारिख शुक्रवार खुल्ला भलिवल प्रतियोगिता तथा भोली पल्ट १० तारिख शनिबार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रमलाई भव्य वनाउन आइतवार समितिको भेलाले बिभिन्न उपसमिती समेत गठन गरेको छ । भेलाले नेपाली जन सम्पर्क समिती अष्टिन च्याप्टरका सभापती प्रेम पाण्डे संयोजक तथा टोप डांगी सदस्य रहेको अतिथी सत्कार उपसमिती, रविन वस्नेत संयोजक तथा कौशल यादव संयोजक रहेको भलिवल खेल उपसमिती, विशाल गौतम संयोजक तथा भुपेन्द्र न्यौपाने, विष्णु वस्नेत, सनद कुवर र रविन श्रेष्ठ सदस्य रहेको युवा परिचालन उपसमिती, शम्भु श्रेष्ठ संयोजक तथा प्रेम पाण्डे र दिनेश के सी सदस्य रहेको नृत्य तथा सांस्कृतीक उपसमिती र प्रेस संयोजक मा पत्रकार के सी शेर चयन भएका छन् । नयां वर्षको अवसरमा अष्टिन तथा आसपासमा रहेका नेपाली नेपालीका बिचमा खेल तथा सांस्कृतीक कार्यक्रम मार्फत आपसी सदभाव तथा शुभकामना आदानप्रदान गर्न कार्यक्रम गर्न लागिएको जन सम्पर्क समिती अष्टिन च्याप्टरका सभापती प्रेम पाण्डेले जानकारी दिए।

कुनै पनि कार्यक्रममा प्रवेश शुल्क नलाग्ने तथा वनभोजको रुपमा खानाका परिकार समेत पाईने भएकोले कार्यक्रममा उपस्थित हुन समितीले सबै नेपालीलाई आग्रह गरेको छ । भलिवलको प्रतियोगिताको लागी आधा दर्जन बढी टिम सहभागी हुने भलीवल खेल उपसमीती संयोजक रविन बस्नेतले बताउनुभयो । यस्ता कार्यक्रमले नेपालीहरुका माझ सहयोग सदभावको भावना बृद्धी हुनुका साथै परिचय समेत हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः सोमवार, पुस २०, २०७२     10:45:12 AM  |