टेक्सासमा नेपालीबीच चुनावी सरगर्मी बढ्यो, सदस्यमा मेरो जित पक्का छ – सत्य थापा



के सी शेर/अष्टिन टेक्सास:–
नेपाली समाज टेक्सासको निर्वाचन नजिकीदै जांदा अमेरीकाको टेक्सासमा नेपालीहरु बीचमा चुनावी सरगर्मी बढेको छ । केही पदहरुमा सर्वसम्मत चयन भएपनि अध्यक्ष उपाध्यक्ष सचिव लगायतका मुख्य पदहरुमा सहमति नजुटेपछि निर्वाचन हुन लागेको हो ।
आउँदो आइतबार हुने निर्वाचनका लागि अध्यक्षमा बिजय भट्राई र कृष्ण लामीछाने मैदानमा छन् भने उपाध्यक्षमा चन्द्रमणी पाण्डे र कमल सापकोटा मैदानमा छन् । यस्तै सचिवका लागि भानु खरेल र कमल सत्याल तथा कोषाध्यक्षमा दिवस थापा र कपिल अधिकारी चुनावी मैदानमा छन् । यस्तै सदस्य पदमा अमरनाथ शाह, सत्य थापा, कन्चन शर्मा, गोपाल प्याकुरेल लगायतले चुनाव लड्दैछन् । सदस्य पदमा ६ जनाका लागि १५ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । 912679_997083183683152_600486592_n
समितिका अनुसार डेपुटी जनरल सेक्रेटरीमा शुमन कार्की, डेपुटी कोषाध्यक्षमा शुमन थापा, आईटी कोअर्डिनेटरमा बिदुर श्रेष्ठ, महिला कोअर्डिनेटरमा निर्मला श्रेष्ठ तथा युवा तथा विद्यार्थी कोअर्डिनेटरमा जुविन राजभण्डारी सर्वसम्मत रुपमा चयन भइसकेका छन ।
यसैबीच कार्यसमिति सदस्यका प्रत्यासी सत्य थापाले आफ्नो जित निश्चित भएको बताएका छन् । टेक्सासमा रहेका नेपालीहरुको विकासका लागि नयाँ विचार र नयाँ दिशाको खांचो रहेको बताउने थापाले आफूलाई सबै नेपालीको साथ रहेकोले जित निश्चित रहेको दावी गरे ।
समाजको दुई वर्षे कार्यकालका लागि आउँदो आइतवार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदानमा टेक्सासमा बस्ने करिब दुई हजार बढी नेपालीले सहभागिता जनाउने अनुमान गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस ३ गते शुक्रबार