नेपाली जनसम्पर्क समितिको अष्टिनमा बनभोज



के सी शेर

अष्टिन टेक्सास

नेपाली जनसम्पर्क समिति अमेरीका अष्टिन च्याप्टरले बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । आउँदै गरेको अंग्रेजी नयाँ वर्ष २०१६ को अवसर पारेर आगामी जनवरी १० तारिखका दिन च्याप्टरले प्रतियोगितात्मक सांस्कृतीक कार्यक्रम सहित बनभोज तथा शुभकामना आदान प्रदान गर्ने भएको हो ।
अष्टिनमा रहेका नेपालीहरुका बीचमा आपसी सद्भाव र शुभकामना साटासाट गर्ने हेतुले आयोजना गरिएको कार्यक्रम अष्टिनको ‘एशियन अमेरिकन रिसोर्स कल्चर सेन्टर’मा हुने च्याप्टरका सभापति प्रेम पाण्डेले जानकारी दिए ।
‘कुनै पार्कमा कार्यक्रम आयोजना गर्ने रहर थियो’ उनले भने ‘चिसो मौसमका कारण कार्यक्रम ठूलो हलमा गर्ने निधो गरियो ।’
अष्टिन र अष्टिन आसपासका नेपालीहरुले सहभागिता जनाउने सो कार्यक्रमका दिन नेपाली जनसम्पर्क समिति अमेरीका अष्टिन च्याप्टरले आफ्नो दोस्रो साधारण सभा समेत गर्ने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २ गते बिहीबार