मणिशंकर अय्यर
मधेसका ११ सभासदले मात्र संविधानको विपक्षमा मतदान गरेका छन् । अरुले समर्थन गरेका छन् । हामी कहाँ चार मधेसी नेता आएका छन्, तर, उनीहरु धेरै चुनाव हारेका छन् । कसले मधेसको नेतृत्व गर्छ ?
नेपाललाई गलत व्यवहार गर्न प्रधानमन्त्रीले भनेका थिए ? सात वर्ष लगाएर नेपालमा राष्ट्रिय सहमति बनेको छ, त्यसलाई हामीले अवमूल्यन गर्ने ? हामीले हाम्रो संविधान १२२ पटक संशोधन गर्यौं, हामीले नेपाललाई किन विश्वास नगर्ने कि, उनीहरुले संविधान संसोधन गरेर असन्तोषको माग गर्नेछन् । संविधान घोषणापछि संविधानसभा संसदमा रुपान्तरण भएको छ र सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको छ । हामी को हौं कि यो गर, आजै हुनुपर्छ, भोली गर्न पाउँदैनस् भन्ने ?
बहुसंख्यकले स्वीकार गरेको संविधान हो त्यो । २५ सांसदले मात्र विपक्षमा मतदान गरेका छन् । हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष भएकोमा हामीले बधाइ समेत दिएनौं र चीनले नेपालीको मन जित्ने मौका पायो । नेपालको सिंगो जेनेरेशन भारत विरुद्धमा भएको छ, आफ्नो कुरा नसुनेकाले दिल्लीले नेपाली राजनीतिज्ञलाई पाठ सिकाउन खोजेको छ भन्ने नेपालीको टिप्पणी सुनाउँदैछन् ।
परराष्ट्रमन्त्रीज्यू, यो तपाईको विदेश नीति हो भन्ने विश्वास नै लाग्दैन । को जिम्मेवार छ यस्तो व्यवहारका लागि ? चुप्पी तोडो । भारतले नाकाबन्दी गरेको छ भनेर नेपालीलाई परेको छ । ३० लाख बालबालिका मृत्युसम्मको खतरामा छ भनेर युनिसेफले भनेको छ, यो ठूलो मानवीय संकट हो । नेपालसँग जोडिएका धेरै रुट छन् । एक वा आधा मात्र अवरोध छन् । अरुबाट किन नपठाउने ? हामीले नेपाल जाने अर्को बाटो भेट्टाउन सकेनौं ? एयर लिफ्ट गर्न सक्दैनौं ? नेपालसँग अर्को बाटो छैन । नबिर्सौं, नेपालसँग तिब्बतको नाका पनि जोडिएको छ ।
सर्बदलीय टोली पठाउनेबारे यो संसदमा सहमति हुन्छ भन्ने मलाई लाग्दैन । मलाई लाग्छ व्यक्तिगत सम्वन्धलाई प्रयोग गर्नुपर्छ । मनमोहन सिंहले बिपक्षी नेताहरुलाई समेत प्रयोग गरेर सम्बाद गरेका थिए, तपाई किन गर्नु हुन्न ? मलाई नछान्नुस्, करण सिंहलाई छान्नुस् । नाकाबन्दी मोदी सरकारले गरेको हो । भारतले होइन । यो सन्देश दिनुपर्छ । नत्र प्राविधिक टीम पठाउनुस् र कसरी नाका खोल्ने, एयर लिफ्ट गर्ने भनेर अध्ययन गर्नुस् । द्वन्द्व बढाउने काम नगर्नुस् । यो नविर्सनस्, ५ लाख मधेसी काठमाडौं छन् । यदि कुनै समुदायको पक्षमा लाग्यो भने के हुन्छ ? १९८४ मा श्रीलंकामा जस्तो नगरौं । नेपालीहरुलाई उत्तेजित नपारौं ।
अहिले सर्बदलीय टोली नपठानुस् । होइन भने हामीले चीनसँगको खेल गुमाउँछौैं ।
प्रतिक्रिया दिनुहोस्