सुर्खेत।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गसंग कृषि लगायतका अन्य लगानीका विषयमा छलफल गरेका छन् ।
बैंकका सिइओसँगको भेटघाटमा मन्त्री सिंहले कृषि विकास बैंक लिमिटेडले प्रदान गर्न सक्ने सहुलियतपूर्ण कर्जाका विषयमा चर्चा गरेका थिए । त्यसमा कर्णाली प्रदेश सरकारले गर्न सक्ने समन्वय, लिने दायित्व र अपनत्व, उत्पादन, बजारीकरण लगायतका महत्वपूर्ण विषयमा छलफल भएको थियो । कर्णालीमा बैंकको ऋण प्रवाह कम रहेको छ ।
कृषि कर्जा सीमित व्यक्तिको पहु“चमा मात्रै रहेको जनगुनासो सुनिने गरेको छ । यस्तो गुनासोकोबीच प्रदेश अर्थमन्त्रीले बैंकका सिइओलाई भेटेर छलफल गरेका हुन् ।
उक्त अवसरमा कृषि विकास बैंकका कर्णाली प्रदेश प्रमुख डा. सुरज टण्डन र आर्थिक मामिला तथा योजना मन्त्रालयका कामु सचिव दीर्घबहादुर पोखरेलको समेत उपस्थिती थियो ।









प्रतिक्रिया दिनुहोस्