मन्दिर अगाडि अश्लील टिकटक बनाउने पक्राउ, भिडियो खिच्नेको खोजी हुँदै



मन्दिर परिसरमा अश्लील हर्कत गरी टिकटक बनाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ का अनिरूद्र यादव रहेका छन् ।

जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत गर्दै टिकटक बनाएर सामाजिक सञ्जालमा राखेको अभियोगमा १८ वर्षीय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार भिडियोमा तीन जनाको संलग्नता रहेको पाइएकाले भिडियोमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिको खोजी भइरहेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार