सर्लाही ।
आफ्नै श्रीमती २८ वर्षीया नैन कुमारी महतोको हत्या अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले हरिवन नगरपालिका–५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतोलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।
श्रीमतीको हत्यापछि रामभरोश खुकुरी बोकेर ईलाका प्रहरी कार्यालय हरिवनमा आफैँ उपस्थित भएका थिए। प्रहरीसँगको बयानमा उनले घरायसी कलहका कारण हत्या गरेको बताएका छन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८० असार २३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्