बंंगुर पालनले बदलियो सुस्मिताको जीवन



गुलरिया  : सुस्मिता तामाङ बंगुर पालन गर्छिन् । केही वर्षयता उनी व्यवसायिक बंगुर पालन गर्दै आएकी छन् । घरको आर्थिक अवस्था कमजोर भएकी उनी सन २०१४ मा तत्कालीन सानो श्री ताराताल नगरपालिकाको वडा नम्बर ९, धरमबस्ती टोलमा लागू भएको महिला शसक्तिकरण कार्यक्रममा आवद्ध भएकी थिइन् । उक्त बस्तीमा महिला सशक्तिकरणका लागि फूलबारी महिला सशक्तिकरण समूह गठन भएको थियो ।

उक्त समूहमा तामाङपनि आवद्ध भइन् । दलित ,जनजाती,पिछडिएको Ôेत्रमा रहेका महिलाहरुलाई आर्थिक,सामाजिक,राजनैतिक र राज्य सम्मको पहुँच वृद्धि गर्ने परियोजनाको उद्देश्य थियो । समूहमा आवद्ध भएपछि उनी साक्षरता कक्षा लिन थालिन् ।  महिला समूहमार्फत महिला शसक्तिकरणको अभियानमा जोडिइन् । सो अवसरमा सुस्मिताले नेतृत्व विकास तालिम लिइन् । सीप विकासको तालिम दिई सफल लघु उद्यमीको तालिम लिने अवसर उनलाई मिल्यो ।

महिला सशक्तिकरण गर्नका लागि साविक गाविस सानोश्री तारातालबाट गाविस स्तरीय अन्तरक्रियाबाट गाविसले छनौट गरेको धरमबस्ती–९ सानोश्री तारातालमा पनि युएसयआइडी÷प्याकद्धारा सञ्चालित साझेदारी विकास कार्यक्रम अन्तर्गत महिला सशक्तिकरण कार्यक्रम ८ जुन २०१४ बाट सानो श्री ताराताल नगरपालिकाको वडा नम्बर ९, धरमबस्ती टोलमा पनि साझेदारी विकास कार्यक्रम सञ्चालन गरेको थियो ।

महिला सशक्तिकरणका लागि गठन फूलबारी महिला सशक्तिकरण समूह गठन भयो ।  तामाङपनि त्यसको सदस्य थिइन् । महिलाहरुले समूहमा बसी सामुहिक साप्ताहिक वचत तथा ऋण लगानी गर्ने मौका पाए ।

आयोजक संस्था जन जागरण महिला संघद्धारा  सीपमुलक बंगुर पालनको तालिम लिने मौका पाइन् । उनी आवद्ध हाम्रो फूलबारी महिला सशक्तिकरण समूहबाट बंगुर पालनको लागि ४ हजार रुपैयाँ ऋण लिइन् । उक्त पैसाले उनले एउटा बंगुर किनिन् । उक्त बंगुरबाट उनी अहिले एकपटकमा ४५ हजार रुपैयाँसम्म कमाउन सफल भएकी छन् । बंगुर पालनबाट पैसा शिक्षा,स्वास्थ्य उपचारमा र चर्पी बनाउन खर्च गरेको उनले बताइन् ।  समूहमा बसेर व्यवसाय सुरु गरेपछि ऋणको लागि साहु गुहार्नुपर्ने अवस्था सिर्जना भएको छ ।

ऋण खोज्नको लागि बाहिर साहु महाजन कहा“ जान नपर्ने र सजिलै घर खर्च चलाउन सकिरहेकी छु  । पहिलाको आर्थिक अवस्था भन्दा अहिलेको घरको  आर्थिक अवस्थामा धेरै सुधार आएको  उनले बताइन् । समूहमा पनि बचत गरेकी छु र व्यवसायीक रुपमा बंगुर पालनपनि गरिरहेकी छु । समुहबाट बंगुर पालनको लागि चार हजार ऋण लिएकी थिइन् ।  त्यसबाट एउटा बंगु किनिन् । बंगुरको पाठी ले ९ वटा बच्चा जन्मायो ।

एउटालाई ३ हजारको दरले बेच्दा २७००० भयो । माउ बंगुरनी कटाउदा ९० किलो भयो र मासु बेच्दा ४५ हजार फाइदा लिन सफल भएको उनले बताइन् ।

समूहमा आवद्ध हुनुभन्दा पहिले उनको घरको आर्थिक अवस्था अत्यन्त दयनीय थियो ।  उनको परिवार द्धन्दपीडित  हने । उनीहरु बर्दियाको सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका छन् । उनकी आमाको आमा विष्णु माया तामाङ र बावु भवानी तामाङ हुन् । सुस्मिताको परिवार जिल्ला रामेछापबाट बसाइँसराइँ गरी आएका हुन् ।  साविक सानो श्री ताराताल नगरपालिकाको वडा नम्बर न. ९, धरमबस्ती टोलमा बस्दै आएका छन् ।

सुस्मिताको घरको जग्गा जमिनको कुरा गर्दा एैलानी ४ कट्टा रहेको छ भने परिवार सख्या ६ जनाको रहेको छ  । त्यसमा पनि आर्थिक उपार्जनको कुनै  स्रोत नभएकाले आर्थिक अवस्था एकदमै दयनीय रहेको छ ।

लघु व्यवसायको त कुरै छोड्यौ । दैनिक घरधन्दा चलाउन मुस्किल परिरहेको छ । आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सुस्मिताको परिवार ज्यालामजदुरी गर्न भारत जाने गर्दछन् । जनजाती,दलित, सुकुम्बासीबस्ती रहेको यस टोलको आम्दानीको स्रोत  भनेकै भारतमा गई ज्याला मजदुरी गर्नु हो ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार