कोहलपुर, कोहलपुरमा रहेका स्वयम्सेवी रक्तदाताहरुले नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गर्नका लागि पहल सुरु गरेका छन् । स्वयम्सेवी रक्तदाता तथा स्थानीय नागरिक समाजका अगुवा चिन्तामणि धितालको संयोजकत्वमा सम्पन्न स्वयम्सेवी रक्तदाताको भेलाले नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गर्नका लागि पहल सुरु गरेको हो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेकी अध्यक्ष दिला शाहको विशेष उपस्थिति र चिन्तामणि धितालको अध्यक्षतामा सम्पन्न उक्त भेलाले निकट भविष्यमा कोहलपुर नगर क्षेत्रका स्वयम्सेवी रक्तदाताहरुको भेलाको आयोजना गरेर कोहलपुर नगरपालिकास्तरीय नेपाल स्वयम्सेवी रक्तदाता समाज गठन गर्नका लागि धितालकै संयोजकत्वमा सात सदस्यीय तयारी समिति गठन गरिएको छ ।
सो समितिमा जयश्वर पौडेल, दिपा बस्नेत, लक्ष्मणराज पौडेल, दिनेश सिग्देल, जगत रामदान र गोविन्द वाग्ले सदस्य रहेका छन् ।
भेलामा नेपाल स्वयम्सेवी रक्तदाता समाजको पृष्टभूमि र मानव जीवनमा रक्तदानको महŒवका बारेमा प्रकाश पार्दै समाजका सल्लाहकार पूर्णलाल चुकेले सबै स्वयम्सेवी रक्तदाताहरुलाई संगठित भएर रक्तदान महादानको अभियानलाई साकार पार्न आग्रह गरेका थिए ।
भेलामा कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष लक्ष्मणराज पौडेल, लायन्स क्लब अफ कोहलपुरका अध्यक्ष सन्दीप आचार्य, नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाका अध्यक्ष दिनेश सिग्देल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँकेका कोषाध्यक्ष मनमोहन बर्मा, समाजका सदस्य होमराज गिरीलगायत करिब दुई दर्जन रक्तदाताहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्