कुबेतमा अलपत्र नेपाली महिलाहरुको उद्धार गर्न संसदीय समितिद्वारा निर्देशन




काठमाडौं, असोज २० । व्यवस्थापिका संसदअन्तर्गत सामाजिक न्याय तथा मानवअधिकार समितिले कुबेतमा अलपत्र परेका ४९ जना महिलाको उद्धार गरि उनीहरुलाई तत्काल स्वदेश फिर्ताका लागि आवश्यक कदम चाल्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको बैठकले भारतको बाटो भई कुबेत पुगेका ती महिलाको पासपोर्ट समेत जफत गरिएको र उनीहरुसँग स्वदेश फर्किने खर्च समेत नभएकाले अविलम्व उद्धारका लागि आवश्यक कदम चाल्न मन्त्रालयलाई पत्राचार गरेको छ ।

यसैगरी समितिमा राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदनबारे पनि छलफल भएको थियो । आयोगले दोषी ठहर गरेकालाई कारवाहीको प्रक्रिया अघि बढाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिका सदस्यहरुले सार्वजनिक भइसकेको घटनालाई कानुनी दायराभित्र ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ असोज २० गते शुक्रबार