नेपालगन्ज ।
विद्यालयमा अपाङ्गमैत्री बाताबरण बनाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन । संस्थागत विकासका लागि योजना तर्जुमा तथा अपाङ्गता समावेसी कार्यक्रमको पुनरावलोकन बैठकमा बोल्ने सहभागीले विद्यालयमा अपाङ्गमैत्री वातावरण अनिवार्य रहेको बताए ।
अपाङ्गगता शसक्तिकरण तथा सञ्चार केन्द्र (डेक नेपाल) को आयोजना तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युएसएआइडी, एचआई, विश्व शिक्षाको समन्वयमा भएको कार्यक्रममा सबैका लागि पढाई परियोजनाको चर्चा गरिएको थियो । परियोजनाले हाल सम्म गरेका कार्य प्रगतिका बारेमा समेत चर्चा गरिएको डेक नेपालका अध्यक्ष हरिकला थापाले जानकारी दिइन् ।
नेपालगन्ज उप–महानगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुलाई परियोजना संचालनको बारेमा जानकारी गराइएको थियो । परियोजना संचालन गर्दा विद्यालयहरुमा पुर्व प्रारम्भीक पहिचान गरेर सबै बालबालिकाको अस्पतालमा डाक्टरले स्वास्थ्य परिक्षण गरेपछि प्रमाणितहरुलाई साहायक सामाग्री सहित पढाईमा सहजता ल्याउन सहयोग गरिएको छ ।
पुनरावलोकन बैठकमा बोल्दै नेपालगन्ज उप महानगरपालिकाका उप मेयर कमरुद्धिन राईले नगर क्षेत्रमा रहेका अपाङ्गता भएका बालबालिकाको पढाइमा कुनैपनि अबरोध हुन नदिन उपमहानगरपालिका गम्भिर रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपालगन्ज उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव रिजाल, २३ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्