किशोरीसँगै जुवाको खालबाट पक्राउ परेका ६ जना जुवाडेविरुद्ध जबरजस्ती करणी मुद्दा



हेटौँडा

मकवानपुरको हेटौँडाबाट पक्राउ परेका ६ जना जुवाडेविरुद्ध प्रहरीले जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ।

हेटौंडा–४ बैंक रोडस्थित एक घरबाट प्रहरीले मंगलबार पाँच जुवाडेलाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा बुधबार अर्का एक जुवाडे पनि पक्राउ परेका थिए। जुवाको खालबाट किशोरी पनि पक्राउ परेकी थिइन्।

उनीहरुले आफूलाई बन्दक बनाएर जबर्जस्ती करणी गरेको आरोप किशोरीले लगाएकी छन्। पक्राउ परेका ६ जना जुवाडेविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

पक्राउ पर्नेमा हेटौँडाका ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र चितवनका ४४ वर्षीय सुरेश पौडेल छन्।

उनीहरुमाथि अनुसन्धानका सरकारी वकिलको कार्यालयबाट बुधबार १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २७ गते बिहीबार