पछिल्लो २४ घण्टामा थपिए ८ हजार ९८० कोरोना संक्रमित



काठमाडौं ।

पछिल्लो २४ घण्टामा ८ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै २४ घण्टामा १ सय २९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। सोहि अवधिमा ८ हजार ८४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ८ गते शनिबार